काठमाडौं । भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।
आफ्नै घरमा खाना पकाउने ग्यास पड्किएर गम्भीर घाइते भएका भण्डारी गत फागुन ४ गतेदेखि भारतमा उपचाररत थिए । भण्डारीले अरूको सहयोगमा हिँडडुल गर्न तथा कुर्सीमा बस्न सुरु गरेको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन् ।
उनी राम्रोसँग बोल्न थालेका छन् भने स्मरण शक्ति विस्तारै फर्किएको बताइएको छ ।







