काठमाडौँ । शुक्रबार कोटेश्वर बहुमुखी क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले स्ववियु सभापतिमा नेविसंघका सन्जय बुढाथोकीलाई सर्वसम्मत रुपमा चयन गरेका छन्।
त्यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारीका सागर पराजुली, सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा रहेका छन् । सहसचिवमा अनेरास्ववियुकी शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै शैलेन्द्र श्रेष्ठ सर्वसम्मतिले चयन भएका हुन् ।
क्याम्पसको स्ववियु सदस्यमा नेविसंघका आशिश कार्की, आरती ढकाल, प्रदीप कार्की, सन्तोष घर्ती , अनेरास्ववियुका रामजेश कुमार गुप्ता, प्रेमराज रेग्मी, सुशील दाहाल, नवराज देवकोटा, अखिल क्रान्तिकारी विप्लव समूहका मिठु टमाटा, अखिल क्रान्तिकारीकी अप्सरा बस्नेत, रविना थापा मगर र सरला बस्नेत तथा अनेरास्ववियूका खेमराज ढुंगाना, सरोज श्रेष्ठ, विनीता फुयाँल र सञ्जु भट्ट स्ववियु सदस्यमा सर्वसम्मत रुपमा चयन भएका छन् ।