काठमाण्डौं । विद्यार्थी संगठनहरुबीच विवाद उत्पन्न भएपछि स्ववियु चुनाव रोकिएका उपत्यकाका तीन क्याम्पसहरुमा चुनाव गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले काठमाडौ उपत्यकाका नेपाल कमर्स क्याम्पस, रत्न राज्यलक्ष्मी र पाटन संयुक्त क्याम्पसमा चुनाव गराउन अन्तरिम आदेश दिएको हो । साथै अदालतले क्याम्पससँग चुनाव नगराउनुको कारण देखाउ आदेश समेत जारी गरेको छ ।