काठमाडाैँ । डकैती मुद्दामा कैदी जीवन बिताइरहेका एक थुनुवा फरार भएका छन् ।
इलाम कारागारमा जेल जीवन विताइरहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो साथै निजको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिएका छन् ।
उनलाई गत कार्त्तिक १५ मा कारागार चलान गरिएको थियो ।