धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् ।
डा. रेग्मीले सरकारले गठन गरेको छानबिन समितिलाई सहयोग पुगोस् भनेर राजीनामा दिएको स्वास्थ्य खबर पत्रिकाले उल्लेख गरेको छ । डजिष्ट्रर डा. रेग्मीलाई मोबाइलमा सम्पर्क गर्दा फोन स्विच अफ गरेकोले सम्पर्क हुन सकेन ।
यसैबिच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत पक्षले आफूहरूको माग पुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् ।
बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरेर प्रतिष्ठान सुधारका विभिन्न मागहरू राख्दै आइरहेका संयुक्त सङ्घर्ष समितिले आफ्ना मागहरू पुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका हुन् ।
उनीहरूले ६ बुँदे मागहरू राख्दै ७ दिनभित्र ती मागहरू पुरा नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थी लगायत सबैले आफ्नो नियमित काम गर्न असमर्थ हुने जनाएका छन् ।