काठमाडाैँ । हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव शनिबार नेपाल ल्याइएको छ ।
गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूहको आक्रमणबाट मृत्यु भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीका साहको शव नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा ल्याएको थियो । विमानस्थलबाट नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर पुर्याएको हो ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका आनन्द गत भदौमा अभ्यासका लागि इजरायल पुगेका थिए ।