ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दक्षिणपूर्वी एसिया स्वास्थ्य आपतकालका लागि तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २४ गते, १८:५३ बजे
कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा तत्काल नलगाउन डब्लुएचओकाे आग्रह
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालिका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । हाल जारी कोभिड–१९ महामारी जस्तै भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि सधै तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह गरेको हाे ।

नेपालमा जारी ७४औं बैठकमा सहभागी राष्ट्रका स्वास्थ्यमन्त्रीले भविष्यमा कोभिड–१९ महामारी जस्तै आपतकालिन महामारी आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन्।

क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले विश्व स्वास्थ्यमा अभूतपूर्व चुनौत ल्याएको बताएका छन् । विश्वका कुनै पनि देश कोभिड–१९ जस्ता रोगको आपतकालिन सामना गर्न तयार नरहेको अहिलेको स्वास्थ्य प्रणालीले देखाएको उनले बताए ।

आपतकालिन जोखिम व्यवस्थापनको सवलिकरण सन् २०१४ देखि यसक्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ।

‘राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् । महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्,’ उनले भने । स्वास्थ्य सुरक्षा प्रणालीका गम्भीर कमी, कमजोरीलाई सम्बोधन गर्नु अहिलेको प्रथम आवश्यकता रहेको उनले बताए ।

बैठकमा सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नतालगायत तयारी प्रक्रियाका विभिन्न पक्षमा समेत छलफल गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist