धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक र कर्मचारीले संयुक्त रूपमा आन्दोलन जारी राखेका छन् । प्रतिष्ठानमा विद्यमान आर्थिक अनियमितता भ्रष्टाचार को छानबिन माग गदै चिकित्सक र कर्मचारीले संयुक्त रूपमा आन्दोलन जारी राखेका हुन् ।
प्रतिष्ठानमा चिकित्सक, नर्स र डाक्टरहरूले प्रतिष्ठान पदाधिकारीको बेथितिविरुद्ध ४ दिन देखी पानी झरीका बाबजुद पनि छाता ओढेर पनि आन्दोलन जारी हुन् ।
वेल्फेयर सोसाइटी अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा भएको आन्दोलनले प्रतिष्ठानमा भएका आर्थिक अनियमितताका घोटालाहरुको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही नभएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
आन्दोलनमा उत्रिएका चिकित्सकहरूले प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगले देखावटी रुपमा मात्र छापा मारेको दावी गरेका छन् । अख्तियारले चौतर्फी दवाब परेपछि काम देखाउनलाई छापा मारेको भएपनि कुनै कारबाही नगरेको समेत आन्दोलनकारीको आरोप छ ।