काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार २० जनाले कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ४९ हजार ६८२ पुगेको छ ।
त्यसैगरी मन्त्रालयका अनुसार २४ घण्टामा २७ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ। मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये २४ हजार ८६१ ज्नामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ४४ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ६४१ पुगेको छ ।