इस्तानबुल । टर्की प्रहरीले इस्तानबुलबाट ९६ जना अबैध आप्रवासीहरूलाई पक्राउ गरेको छ । इहलास समाचार एजेन्सीले जनाए अनुसार गैरकानूनी आप्रवासी रहेका घरहरूू भनी विश्वास गरिएको ठेगानाहरूलाई लक्षित गर्दै प्रहरीले इस्तानबुलमा छापा मार्दा ती आप्रवासी पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा अधिकांश एशिया र मध्य पूर्वबाट त्यहाँ प्रवेश गरेको एजेन्सीले जनाएको छ । पछिल्लो समय टर्किए अवैध आप्रवासीहरूका लागि लोकप्रिय गन्तव्य र युरोपेली राष्ट्रहरूमा पुग्ने चाहाना राख्नेहरूका लागि ट्रान्जिट बनेको छ ।
अवैध आप्रवासीहरूलाई निर्वासन प्रक्रियाका लागि शहरको आप्रवासन निर्देशनालयमा पठाइएको छ। आप्रवासीहरूका लागि ूसुरक्षित आश्रयू को रूपमा प्रयोग गरिएका घरहरू भने सिल गरिएको छ ।
यस वर्षको शुरुदेखि करिब ४३ हजार अनियमित आप्रवासीहरूलाई देश निकाला गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले वृद्धि भएको आन्तरिक मन्त्रालयले जनाएको छ । गत महिना इस्तानबुलमा मात्रै झण्डै ६ हजार अवैध आप्रवासी पक्राउ परेका थिए ।