ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इतिहासमा आज : अमेरिकी महिलालाइ मतदान अधिकार, नामिवियामा स्वतन्त्रताको युद्ध

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १० गते, ७:३४ बजे
इतिहासमा आज : अमेरिकी महिलालाइ मतदान अधिकार, नामिवियामा स्वतन्त्रताको युद्ध
24
SHARES
Share on FacebookShare on Twitter

आज २६ अगस्ट । आजको मितिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । सन् १९२० को अगस्ट २६ मा अमेरिकी सविधानमा १९औँ संशोधनदेखि  नामिवियाको स्व्तन्त्रताको युद्ध आजकै मितिमा भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिकी महिलामा मतदान अधिकार

सन् १९२० को अगस्टअघिसम्म अमेरिकी महिलालाई पुरुषसरह मतदानको अधिकार थिएन । अर्थात यसअघि भएका निर्वाचनमा पुरुषले मात्र मतदान गर्थे । सन् १९२० को अगस्ट २६ मा अमेरिकी सविधानमा १९औँ संशोधन भएको थियो । संशोधनले आमचुनावमा महिलालाई पनि पुरुषसरह मतदान गर्ने अधिकार सुनिश्चित गरिएको थियो ।

सिनेटर आरोन ए सर्जेन्टले १८८७ मा पहिलो पटक संसदमा सो प्रस्ताव ल्याएका थिए । सन् १९१९ मा संसदले सो प्रस्तावमा समर्थन जनाई पारितका लागि पठाएको थियो ।

नामिवियामा स्वतन्त्रताको युद्ध सुरु

सन् १९६६ को अगस्ट २६ देखि नामिवियामा स्वतन्त्रताका लागि युद्ध सुरु भएको थियो । दक्षिण अफ्रिकी रक्षा फौजको हमलासँगै दक्षिण अफ्रिकी सरकारबिरुद्धको २४ वर्ष लामो विद्रोह सुरु भएको थियो । नामिवियाले २१ मार्च १९९० मा स्वतन्त्रता पाएको थियो । त्यसपछि हरेक २६ अगस्टलाई उसले ‘हिरो डे’ को रुपमा स्मरण गर्छ ।

अमेरिकी प्रख्यात नागरिक अभियन्ताको निधन

अमेरिकाको प्रख्यात नागरिक अधिकारवादी ब्वाइनटन रबिन्सनको मृत्यु २६ अगस्ट  २०१५ मा भएको थियो । उनकै अगुवाइमा आयोजित सेल्मा मार्चले अमेरिकामा नागरिक अधिकार प्राप्तिमा महत्वपूर्ण भूमिका खेलेको थियो । सेल्मा मार्चले अमेरिकी सरकारलाई मतदान अधिकारसम्बन्धी कानुन ल्याउनसमेत दबाब दिएको थियो । रबिन्सनको १०४ वर्षको उमेरमा निधन भएको थियो ।

अन्तरीक्षमा पुग्ने पहिलो जर्मनी

पूर्वी जर्मन हवाई फोर्सका चालक सिग्मंड जान आजकै दिन अन्तरीक्षमा पुगेका थिए । उनी सोयुज ३१ नामक यानको कारिन्दाको एक सदस्य बनेर सल्युट ६ अन्तरीक्ष स्टेशनमा  गएका थिए ।

अमेरिका र अस्ट्रेलियाबीच डेभिस कप

अमेरिकी टेलिभिजन च्यानल एनबीसीले सन् १९५५ को अगस्ट २६ मा पहिलो पटक टेनिस खेल देखाएको थियो । अमेरिका र अस्ट्रेलियाबीचको डेभिस कप म्याचलाई एनबीसीले प्रसारण गरेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist