ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

को हुन् आई एस के ? जसले कन्दाहर विमानस्थलमा विस्फोट गराए

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ११ गते, १५:३३ बजे
को हुन् आई एस के ? जसले कन्दाहर विमानस्थलमा विस्फोट गराए
28
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी, ११ भदौ 

बिहीबार साँझ हमिद करजाई विमानस्थलमा अतिवादी समूह इस्लामिक स्टेट– के (खोरासन) ले विस्फोट गराएपछि अफगान भूमि खाली गर्न दबाबमा परेका पश्चिमेली मुलुक थप तनावमा छन् । विदेशी सेना र उनीहरुसँगै फर्किन चाहने अफगानीलाई लक्षित गरि भएका ती ऋंखलाबद्ध विस्फोटमा १०३ जनाको मृत्यु भइसकेको छ ।

को हुन आक्रमणकारी ? 

विहीवारको विस्फोटको जिम्मा लिएको आइ एस–के (खोरासन) अफगानिस्तानमा सक्रीय हिंसात्मक लडाकू समूहमध्येको एक हो । इस्लामिक स्टेटले इराक र सिरियामा आफ्नो प्रभाव बढाइरहेका बेला सन् २०१५ को जनवरीमा सो समूहको स्थापना भएको थियो । अफगानिस्तान र पाकिस्तानका जिहादीलगायतका अतिवादीहरु यो समूहमा आबद्व छन् ।

हिंसात्मक आक्रमण 

अफगानिस्तानमा भएका हिंसात्मक हमलामा आईएस–के समेत संलग्न हुने गरेको छ  । यो समूहले बालिकाहरुले पढ्ने विद्यालय, अस्पताल र प्रसूति वार्डमा आक्रमण गरि दर्जनौ शिक्षक, गर्भवती महिला र नर्सको हत्या गरेको छ । तालिवानको स्वार्थ केबल अफगानिस्तानमा भए पनि यो समूहको अन्तर्राष्ट्रिय तहमा नै एउटा सञ्जाल छ । समूहले पश्चिमेली, अन्तर्राष्ट्रिय र मानवीय संगठनलाई निशाना बनाउँदै आएको छ ।

कहाँ छ उनीहरुको प्रभुत्व ? 

आईएस–के समूहको अफगानिस्तानको नानगरहार प्रान्तको पूर्वी क्षेत्रमा ठूलो प्रभाव छ । यो प्रान्त अफगानिस्तानबाट पाकिस्तानतर्फ लागूऔषध र मानव तस्कर ओसारपसार गर्ने एउटा मार्गसमेत हो । कुनै बेला यो समूहको ३ हजार सदस्य लडाकू थिए । तर, अमेरिकी र अफगानी सेनाको कारबाहीमा ठूलो क्षति बेहोरोपछि अहिले सो संख्या घटेको अनुमान गरिएको छ ।

के यो समूह तालिवानसँग आबद्ध छ ?

यो समूह अप्रत्यक्ष रुपमा तालिवानसँग आबद्ध छ । हक्कानी नेटवर्कमार्फत यो समूह र तालिवानबिच साँठगाँठ रहेको बताइन्छ । विज्ञहरुका अनुसार यो समूह र हक्कानी नेटवर्कबिच बलियो सम्बन्ध छ । काबुलमा यो समूहका प्रमुख खलिल हक्कानी हुन् र उनको टाउको ल्याउने व्यक्तिलाई यसअघिको अफगान सरकारले ५० लाख घोषणा गरेको थियो ।

सन् २०१९ देखि २०२१ सम्म अफगानिस्तानमा भएका मुख्य हमलामा आईएस–के, तालिवानको हक्कानी सञ्जाल र पाकिस्तानमा रहेका अन्य अतिवादी समूह जिम्मेवार रहेको एशिया प्यासेफिक फाउण्डेसनका डा. सजन गोहले बताउँछन् ।

्तारलिवानले १५ अगस्टमा काबुल नियन्त्रणमा लिएपछि उसले विभिन्न जेलबाट ठूलो संख्यामा कैदी छुटाएको थियो । छुट्नेहरुमा तालिवान लडाकूका अतिरिक्त अलकायदा, आइएस र आइएस–के आबद्ध समूहका कार्यकर्ता पनि रहेको जनाइन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist