काठमाडौं । चीनिया कम्युनिस्ट पार्टीको एक विशेष सम्मेलनमा बोल्दै चीनिया नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष ‘ली जाङ्सु’ ले नेपालको राजनैतिक अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै नेपाली राजनीतिमा पश्चिमा शक्तिहरु हाबि भइरहेको बताएका छन्। नेपालमा दुईतिहाईको कम्युनिस्ट सरकार हुदाहुदै पनि कथित नेपाली कम्युनिस्टहरुले देश र जनताका लागि नभै बिदेशी शक्तिहरुको लागि काम गरिरहेको आरोप लगाएका हुन् ।
कम्युनिस्ट पार्टीको उदेश्य भनेको देश र जनताको हितको लागि लड्नु र देश लाई बिदेशी हस्तक्षेप बाट जोगाउनु हो । तर नेपालमा सबै उल्टो भइरहेको ली ले बताए । नेपाली कम्युनिस्ट नेताहरूले देश र जनताको लागि नभई बिदेशी शक्तिहरु को लागि कामगरिरहेको आरोप लगाए।
जनताले बिश्वास गरि पहिलो पार्टी बनाएका नेपाल कम्युनिस्ट पार्टि आफ्नै इच्छा ले नभई पश्चिमा शक्तिको इच्छा अनुसार फुटेर ३ टुक्रा भएको पनि बताए।
अमेरिका तथा पश्चिमा शक्तिहरु कम्युनिस्ट बिचारधाराको बिरुद्ध जोडतोडले लागिपरेको भन्दै नेपालमा पनि कम्युनिस्ट पार्टीलाई टुक्रा टुक्रा पार्न खर्बौ डलर लगानी गरिरहेको पनि बताए ।
सत्ता जोगाउन चीनसंग विवाद
नेता ‘ली’ ले अहिलेको सरकारले आफ्नो सत्ता जोगाउनका लागि बिदेशी शक्तिहरुलाई खुशी पार्ने काम गरिरहेको बताउदै भारत र अमेरिका लाई खुशी पार्न चीनसंग हुदै नभएको सिमा विवाद निकालेको आरोप लागाए । नाकाबन्दीलाइ नाकाबन्दी भन्न नसक्ने , तुइन काटेकोमा तुइन काटेको भन्न नसक्ने अनि चीनसंग हुदै नभएको सिमा विवाद निकाल्ने भनेर उनले प्रश्न गरे ।
चीन लाई घेर्न एमसीसी
अमेरिकाले चीनलाई घेराहाल्न नेपालमा MCC परियोजना ल्याएको पनि बताए। अमेरिकाले कसैलाई पनि निस्वार्थ सहयोग नगरेको भन्दै एमसीसी परियोजना बाट नेपालको बहुमुल्य खनिजमा आखा लगाउनुका साथै नेपालमा बसेर चीनको विरुद्ध काम गर्ने योजना बनाएको दावी गरे। यस्ता कार्यले चीनलाई केही असर नगर्ने भन्दै नेपालले नै सबै हानीनोक्सानी ब्योहोर्नु पर्ने बताए ।







