एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकासँग वार्ता र लडाई दुवैका लागि तयार रहनुपर्ने बताएका छन् ।
अमेरिकासँग लडाईका लागि तयार रहनुपर्नेमा उनको जोड थियो ।
बाइडेन सत्तामा आएपछि अमेरिकामाथि किमको यस्तो टिप्पणी पहिलोपल्ट आएको हो । किम जोङले सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् ।
उत्तर कोरियाको सरकारी समाचार स्रस्था केसीएनएका अनुसार किमले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकासँग लडाईका लागि विशेष रुपमा तयार रहनुपर्ने बताएका हुन् ।
यसअघि बाइडन प्रशासनका तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाले खारेज गरेको थियो ।
किमले आफ्नो पार्टीका वरिष्ठ नेताहरुबीच भएको बैठकमा त्यस्तो बताएका थिए ।







