काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै मार्गमा अघि बढाउन चाहेको बताएको छ ।
राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढंगले प्रवद्र्धन गर्न चाहेको बताएको हो ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरेको सामाजिक सञ्जालमा लेखेकी छन् ।
चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्ना समकक्षीसँग विदेशमन्त्री वाङ यील सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको राजदूत यान्छीले उल्लेख गरेकी छन्।