इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) मा जारी क्र्याकडाउनको लागि देशको सैन्य प्रतिष्ठानलाई दोष दिएका छन् ।
यस क्र्याकडाउन ले पाकिस्तानमा तनाव र ठूलो मात्रामा अशान्तिको जोखिम बढाएको बताइएको छ। रावलपिंडीको लियाकत बागमा मे २५ तारिख मा पुलिसले ईमरान खान र उनका कार्यकर्ता विरुद्ध हिंसा प्रयोग गरेको थियो ।
यस विषयमा बोल्दै खानले मलाई भित्री व्यक्तिहरूले पुलिसलाई माथिबाट आदेश दिइएको थियो भन्ने जानकारी दिए जसको मतलब तटस्थहरूले उनीहरूलाई पीटीआई कार्यकर्ताहरूलाई कुटपिट गर्न दबाब दिएका हुन् भनेका छन् , यस विषयमा डन अखबारले एक राजनीतिक भेलामा खानलाई उद्धृत गर्दै लेखेको छ ।
पीटीआईका नेता शाहबाज गिललाई गिरफ्तार गरेपछि पाकिस्तानमा तनाव बढ्दै गएको छ, जसलाई पार्टी नेताहरूले इस्लामावाद पुलिसले यातना दिएको आरोप लगाएका छन्।
इमरान खानका नजिकका सहयोगी गिलले टेलिभिजनमा पाकिस्तानी सेनाको विरुद्धमा विवादास्पद टिप्पणी गरेपछि अगस्ट ९ मा गिरफ्तार गरिएको थियो . उनलाई मिडिया हरुले “अत्यधिक घृणित र देशद्रोही” भनेर टिप्पणी गर्दै गिरफ्तारीको समाचार प्रकाशन गरेका थिए ।