एजेन्सी । गत हप्ता क्यानबेराको नेशनल प्रेस क्लबमा अष्ट्रेलियाका लागि चिनियाँ राजदूत जीयाओ क्यानको भाषण र मिडिया ग्रिलिङले दुई देशको तनावपूर्ण सम्बन्ध सुधार गर्न खासै केही नगरेको निस्कर्षमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् ।
उक्त मिडिया रिपोर्टले मिडिया बिफ्रले क्यानबेराले आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग रिसेट तर्फ जान सक्ने अवसर दिएको जनाएको छ । उक्त घटनाले जीयाओको उपस्थितिको उद्देश्य के हुन सक्छ ? भन्ने बारे केही प्रतिबिम्बित गरेको पनि रिपोर्टमा उल्लेख छ ।
उक्त प्रेसविफ्र कुनै कुनै सानो मामिला नभएको र १८ वर्षमा नेशनल प्रेस क्लबमा भाग लिने जीयाओ पहिलो चिनियाँ अधिकारी रहेको बताईएको छ । यसले चीनको सुधारिएको संलग्नताको लागि खुलापनको स्पष्ट संकेत दिएको पनि हुनसक्ने पनि मिडिया रिपोर्टमा उल्लेख छ ।
अस्ट्रेलियाको अर्थतन्त्रमा द्विपक्षीय व्यापार सम्बन्धको महत्त्वलाई ध्यान नददिइकन चीनको रणनीतिक खेलमा पस्नु नयाँ अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजका लागि राजनीतिक क्षति हुने बताईएको छ ।