बेइजिङ । सांघाईको एक अदालतले शुक्रबार चिनियाँ-क्यानाडाली टाइकुन सियाओ जियानहुआलाई १३ वर्षको जेल सजाय सुनाएको छ ।
सांघाई फर्स्ट इन्टरमिडिएट कोर्टको निर्णय अनुसार, उनको कम्पनी टुमरो होल्डिङ्ग (Tomorrow Holding) लाई पचपन्न दशमलब जिरो तीन (55.03) बिलियन युआन (USD 8.09 बिलियन) को जरिवाना पनि गरिएको छ ।
अदालतका अनुसार सियाओ र उनको कम्पनीले ‘वित्तीय व्यवस्थापन आदेशको गम्भीर उल्लङ्घन’ र ‘राज्यको वित्तीय सुरक्षामा चोट पूर्याएको छ ।’
हङकङमा सियाओ बेपत्ता भएको पाँच वर्षभन्दा बढी समयपछि चीनले जिओलाई औपचारिक रूपमा मुद्दा दायर गरेको छ । सियाओ को बेपत्ताले हङकङको सम्भ्रान्त व्यापारिक समुदायमा आघात पूर्याँउदै हङकङ को सुरक्षा ब्यबस्था चीनको पहुँचभन्दा बाहिर नभएको सङ्केतको रूपमा व्यापक रूपमा व्याख्या गरिएको थियो ।