काठमाडौं । भारी वर्षासँगै आएको बाढीले भारतको उत्तर प्रदेशमा पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष र ३ जना महिला रहेका छन् । अहिले पनि उत्तर प्रदेशका अधिकांश क्षेत्रमा भारी भइरहेको र यो अझै केही दिन जारी रहने भारतीय मौसम विभागले जनाएको छ ।
त्यसैगरी, उत्तर प्रदेशको उन्नाव क्षेत्रमा पनि भारी वर्षाका कारण कच्ची घरको छत भत्किदा ३ जना बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्ययमहरुले जनाएका छन् । स्थानीय सरकारले घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेको सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।
भारी वर्षापछि लखनउ क्षेत्रका अधिकाशं विद्यालय बन्द गरिएको छ । उत्तर प्रदेशको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति समेत बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।