एजेन्सी । पाकिस्तानको गिलगिट स्थित खाद्य विभागका गोदामहरूमा मौजात रित्तिएपनि खाधान्नको बाहिर गहुँ किन्न पर्खिरहेका मानिसहरूको लामो लाइन देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
प्रकाशित रिपोर्टहरुमा जनाईए अनुसार खाद्य विभागमा स्टक पनि सकिए पछि पनि स्थानीयहरु खाधान्नको आशामा डिपो बाहिर लाइन लागेका हुन् ।
अगस्त ३० गतेदेखि कारोकारम राजमार्गमा भारी सवारी आवागमन ठप्प हुँदा गहुँ बोकेका २८ ट्रक कोहिस्तान नजिकै अड्किएपछि यस क्षेत्रमा गहुँको आपूर्ति अवरुद्ध भएको बताईएको छ ।
बाढीका कारण राजमार्गका धेरै ठाउँमा पहिरो खसेपछि ट्रकको आवतजावतमा नराम्ररी असर परेको खाद्य विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जीबी मुख्यमन्त्री खालिद खुर्शीदको निर्देशन र सचिव सफदर खानको नेतृत्वमा खाद्य विभागका शीर्ष अधिकारीहरूले बिहीबार कोहिस्तानको हालैको बाढीले क्षतिग्रस्त भएको पुलको भ्रमण गरे ।
यसैबीच, मुख्यमन्त्रीले गहुँको अनुदान घटाएकोमा संघीय सरकारलाई दोष दिएका छन्, जबकि जीबी विधानसभामा विपक्षी नेता अमजद हुसेन अधिवक्ताले पीटीआई नेतृत्वको जीबी सरकारलाई अभावको लागि जिम्मेवार ठहराएका छन् ।