इरान । कडा ड्रेस कोड लागू गर्ने इरानको प्रहरीको एउटा एकाई छ जसलाई मोर्टाटिी पहरी भनिन्छ । यो एक समर्पित इकाई हो र गत हप्ता यस एकाइले हिरासतमा राखेपछि २२ वर्षीया महिला महसा अमिनीको कोमामा गएर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
उक्त घटनापछि इरानको सामाजिक सञ्जालमा ठुलै विवाद उत्पन्न भएको छ भने प्रहरी विरुद्द सडकमा व्यापक प्रदर्शनहरु भएका छन् ।अल जजीराका अनुसार २२ वर्षीया महसा अमिनी आफ्नो परिवारसँग तेहरान भ्रमणमा रहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको केही समयपछि उनलाई हृदयघात भयो र आकस्मिक सेवाको सहयोगमा तत्काल अस्पताल लगियो पनि तर दुर्भाग्य उनी बाँच्न सकिनन् । दुर्भाग्यवश, उनको मृत्यु भयो र उनको शव मेडिकल परीक्षकको कार्यालयमा लगियो भन्दै सरकारी टेलिभिजनले शुक्रबार गरेको रिपोर्टलाई अल जजीराले साभार गरेको छ।
पिडित परिवारसँग कुरा गर्ने मानवअधिकार कार्यकर्ताहरूको भनाई फरक रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । परिवारका अनुसार पुलिसले अमिनीलाई समातेर पुलिसको गाडीमा जबरजस्ती लगे भनेर सीएनएनले इरानवायरलाई उद्धृत गर्दै रिपोर्टमा भनेको छ ।
सीएनएनले भनेको छ, ‘उनका भाइ, कियारशले हस्तक्षेप गर्न त खोजे तर पुलिसले अमिनीलाई काउन्सीलीगं गर्न को लागी एक घण्टा पुलिस स्टेशनमा लैजाने बताएका थए । त्यसपछि उनकी दिदि फर्किएर आइनन् ।’