एजेन्सी । विदेश मन्त्री एस जयशंकरले बुधवार युक्रेनका प्रधानमन्त्री डेनिस श्म्याहललाई संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा विदेशमन्त्री जयशंकरले सबै शत्रुताको अन्त्य र वार्ता र कूटनीतिमा फर्कने कुरामा जोड दिने भारतको सैद्धान्तिक अडानबारे उनलाई अवगत गराएको भारतीय मिडियाले उल्लेख गरेका हुन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सार्वभौमसत्ताको रक्षाका लागि यो कदम आवश्यक रहेको भन्दै करिब ३००,००० रिजर्भेष्टलाई आंशिक परिचालन गर्ने आदेश दिएपछि जयशंकरको यूक्रेनी प्रधानमन्त्रीसंग यस भेट भएको हो ।
जयशंकरले युक्रेनी नेतालाई न्यूयोर्कमा भएको उच्चस्तरीय संयुक्त राष्ट्र महासभाको बैठकमा भेटेका थिए र उनले रुस युक्रेन बिवादमा भारतको शान्ती र सद्भावको सन्देश दिएका हुन् ।भारतको सैद्धान्तिक अडान नै सबै शत्रुताको अन्त्य र वार्ता र कूटनीतिमा फर्कन जोड दिन्छ भनेको समाचारमा जनाईएको छ ।