बलुचिस्तान । पाकिस्तानमा हिन्दू समुदायले शमशान घाटमा एक हिन्दू महिलाको शवको अवशेषको कथित रूपमा अपमान गरेको विरोधमा बलुचिस्तान प्रान्तको सडकमा मार्च गरेका छन् ।
पाकिस्तानी पत्रिका डनका अनुसार प्रदर्शनकारीले स्थानीय प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रान्तको कलात सहरको सडकमा जुलुस निकालेका थिए । प्रान्तका हिन्दु व्यापारीहरु पसल बन्द गरी शाही बजार क्षेत्रमा भेला भएका थिए ।
हिन्दू समुदायका एक प्रतिनिधिले आफ्नो समुदायकी एक महिलाको हालै मृत्यु भएको र उनको शवलाई शम्शान घाटमा दाहसंस्कार गरेको बताए ।
‘उनको शव अझै श्मशानमै थियो र राति अज्ञात व्यक्तिले अवशेषलाई जलाएका थिए । शवदाह गृहमा जाँदा उनको शव बाहिर फालिएको र अवशेषहरू अपमानित गरिएको अवस्थामा थियो’, उनले आरोप लगाए। उनले यसअघि पनि शवदाह गृहको गेटको साँचो चोरी भएको र यसबारे जिल्ला प्रशासनमा उजुरी गरे पनि प्रशासनले केही नगरेको बताए ।
पाकिस्तानमा हिन्दू र ईसाई समूहहरूले सामना गरेको अवस्था खराब छ, र यी समुदायका महिलाहरू , राजनीतिक समूहहरू, धार्मिक दलहरू, सामन्ती संरचना र मुस्लिम बहुसंख्यकहरूको भेदभावपूर्ण मनोवृत्तिबाट सबैभन्दा बढी पीडित छन्।