एजेन्सी । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले युनिफिकेशन चर्चमाथि अनुसन्धानको आदेश दिएका छन् । आफ्नो राजनीतिक पार्टीको सम्बन्ध सो चर्चसँग आवद्ध धार्मिक समूहसँग जोडिएपछि प्रधानमन्त्री फुमिओले अनुसन्धानको आदेश दिएका हुन् ।
प्रधानमन्त्री फुमिओ चर्चमाथि अनुसन्धान गर्न सुरुमा हिच्किचाइरहेका थिए । तर सोमबार उनको मन्त्रिमण्डलमा शिक्षा मन्त्री रहेका केइको नागाओकाले अनुसन्धान तत्काल सुरु हुने जानकारी दिएका हुन् ।
अनुसन्धान प्रतिवेदनअनुसार चर्चले पाउँदै आएको कर छुट सुविधा खोसिन सक्ने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती समाचार माध्यम द गार्डियनले जनाएको छ । यसअघि वर्ल्ड पिस एण्ड युनिफिकेशन नामले परिचित रहँदै आएको चर्चमा गएको जुलाई ८ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएसँगै चर्चामा थियो ।
हत्या आरोपी तेत्सुया यामागामीले आबेले चर्चलाई साथ दिएको र सो चर्चले आफ्नो परिवारलाई आर्थिक रुपमा सखाप पारेको बताएका थिए। यामागामीकी आमाले दुई दशक पहिले सो चर्चलाई ठूलो रकम दिएको स्थानीय सञ्चारमाध्यममा खबर छन् ।
आबेका हजुरबुवा तथा युद्धपछिका जापानी प्रधानमन्त्री नोबुसुके किशीले सो चर्चलाई जापानमा स्थापित गराउन सहयोग गरेको बताइन्छ । आबेले सन् २०२१ मा चर्चसँग आवद्ध संस्थाको कार्यक्रमका लागि भिडियो सन्देश पठाएका थिए ।