काठमाडौं ३२ Methenolone Enanthate buy साउन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । तालिबानले अफगानिस्तानका विभिन्न शहर कब्जा गर्ने क्रममा राजधानी काबुल पनि कब्जा गरेका थिए । त्यहि सन्दर्भमा अफगानिस्तानको मामिलामा असफल भएको भन्दै डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका हुन् ।
ट्रम्पले भनेका छन्, अमेरिकी सेनाको बहिर्गमन योजनाको राम्रो ज्ञान नपनाउँदा अफगानिस्तान माथितालिबानको कब्जा बढेको बताए । उन्ले भने ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ ।’
ट्रम्पले आफू राष्ट्रपति भएको भए त्यस्तो कदापि हुन नदिने र अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन राम्रो सँग सम्हाल्ने उनको दाबी रहेको थियो । ट्रम्पकै पालामा ‘अमेरिका–तालिबान सम्झौता भएपनि अराजकता को जिम्मेवारी बाइडेनले लिनुपर्ने बाइडेन प्रशासनले जानकारी दिएको छ’ ।
आफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि बाइडेनको चौतर्फि आलोचना भइरहेको छ । २० वर्षअघि तालिबान अफगानिस्तानको सत्ता त्यग्न बाध्य भएको थियो आज फेरी तालिबान सत्ता सम्हाल्न लगभग आइपुगेको छ ।अमेरिकी र नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएको ४५ दिनमै तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको छ ।