कठमाण्डौं १ भदौ । अफगानिस्तानमा आफ्नो कब्जा जमाएको तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ ।
आम माफि दिए संगै तालिवानले सबै सरकारी कार्मचारीलाई काममा फर्किन आग्रह गरेको छ । तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका अन्तराष्ट्रिय मिडियाले जानकारी दिएको छ ।
सामञ्जनीले भन्ने पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ, हामि आम माफी को घोषणा गर्छौ । शरिया कानुन बमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ तर शरिया कानुन अनुसार सरकारी संरचनामा रहनुपर्दछ ।
अफगानिस्तानको प्रमुख टिभी स्टेशन टोलो न्युजले सामाङ्गिनीको अन्तरवार्ता मा ती तालिवान सदस्यले सरकारको संरचना अझै पूर्ण रुपमा स्पष्ट नभए पनि अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने बताएका थिए ।
तालिबानले अफगानिस्तानलाई अब इस्लामी सिद्धान्त“ अनुसार शासन गर्ने साङ्केतिक रूपमा उल्लेख गरेका छन् ।







