कठमाण्डौं ३ भदौ । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै भारतसँग व्यापार बन्द पनि गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पकिस्तानको बाटोहुदैँ भारत र अफगानिस्तानका मालवाहक गाडीहरु आवतजावत गर्ने गर्थे । फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि भारतमा लाखौँ डलर बराबरको सामानको आयात–निर्यात रोकिएको छ ।
भारतकाले आफ्नो व्यापार बढाउनकोलागि अफगानिस्तानसँग लाखौँ अमेरिकी डलर खर्च गरेको छ । तालिबानले अफगानिस्तान सँगको ब्यापारमा रोकलगाए सँगै भारतलाई निकै ठूलो झडुका लाग्ने पक्क भएको जानकारी एक अन्तराष्ट्रिय मिडियाले दिएको छ ।
एफआईईओका महानिर्देशक डा. अजय सहायले एजेन्सी एएनआईलाई भनेका थिए, ‘अफगानिस्तानको स्थितिमाथि निरन्तर हाम्रो ध्यान केन्द्रीत छ । त्यहाँबाट आयात गरिने सामानहरु पाकिस्तान हुँदै भारत आउँछ । तर, अहिले तालिबानले पाकिस्तानतर्फ आउने सबै मालवाहक गाडी रोकिदिएको छ । दुवै तर्फको आवतजावत ठप्प भएको छ ।’







