काठमाडौं ४ भदौ । कोरोना भाइरस महामारीका कारण रोकिएको कोरिया रोजगारी अब खुला हुने भएको छ । कोरिया सरकारले कोे सर्त पूरा गरेर कामदार पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले बताएको छ ।
कोरिया सरकारले नेपाली श्रमिक लैजाने तर नेपालबाट सिसा उडानहुनु पर्ने, कोरिया पुगका कामदा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन बसेको शुल्क कामदार स्वयंले व्यहोर्ने सर्त अगाडि सारेको थियो । नेपाल सरकार र कामदारले उक्त सर्त मानेसँगै अब कोरीया जाने प्रक्रिया पनि अगाडि बढाइएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, ‘यी तीनवटै सर्त कोरिया सरकारले राखेका कारण लामो समयदेखि कामदार जान पाएका थिएनन् । अब सर्त पुरा भएको छ । नेपाली कामदार कोरीया जान पाउने भएका छन् । दवाडीका अनुसार कोरिया जानबाट १० हजार कामदार रोकिएका छन ्। तीमध्ये सात हजारले भाषा परीक्षा पास गरेका छन् भने तीन हजार छुट्टीमा आएर फर्कन नपाएका हुन् ।







