एजेन्सी ५ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट मानवीय उद्धार प्रयास ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै भने अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम हुनसक्ने बताएका छन् । अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको बाइडेनल जानकारी दिए ।
बाइडेनले अफगानिस्तानबाट बाइडेनले सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा गरेका छन् भने अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनले उनले जानकारी दिएका छन् ।
अहिले विश्वमा अफगानिस्तानमा तालिबानले तीव्र गतिमा गरेको कब्जासँगै अन्तर्राष्ट्रिय वजारमा बाइडेनको आलोचना भइरहेको छ ।
बाइडेनले बताएको कुराबाट स्पष्ट हुन्छ कि ‘उन्ले सहयोगी देशका नागरिकलाई पनि उद्धार गर्ने भएका छन् तर प्राथमिकतामा अमेरिकी नागरिक पर्नेछन् ।
बाइडनेले भने, ‘घर फर्किन चाहने अमेरिकीलाई जुनै हालतमा पनि फिर्ता ल्याइने छ ।’
विगत २० वर्षको अमरिकी नेतृत्व अन्त्यको घोषणा गरेसँगै अफगानिस्तान तालिबानको तिब्र कब्जामा आएको थियो ।
तालिबान कब्जाको क्रमसँगै आइतबार तालिबानले अफगानिस्तानमाथि पूर्ण कब्जा गर्न सफल भएको हो ।
बाइडेनले उद्धार पूक्रिया गह्र्रो भएको बताउदै ‘कुनै पनि गल्ती नगर्नु होला, यो उद्धार अभियान निकै खतरनाक छ । भन्दै मानवीय क्षतिको जोखिम उच्चारहेको बताएका हुन् । उनले भने, ‘सकेसम्म सबै आवश्यक कुराको परिचालन गर्ने छु यसमा ठुक्क हुनुहोस् ।’
तालिबानले अमेरिकाको नागरिकलाई पनि विमानस्थल प्रवेशमा रोकलगाएको छैन् । थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको बाइडेनले जानकारी दिए ।