Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

तत्काल काबुल विमानस्थल छोड्न आफ्ना नागरिकलाई अमेरिकाकाे निर्देशन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ६ गते, १४:३५ बजे
तत्काल काबुल विमानस्थल छोड्न आफ्ना नागरिकलाई अमेरिकाकाे निर्देशन
18
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो ।

विमानस्थल गेटबाहिर आइएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने वासिंगटनको अनुमान छ । विमानस्थलमा बढिरहेको भिडभाडबारे अनुगमन गरेको र वैकल्पिक मार्गबारे खोजी भइरहेको अमेरिकी रक्षा मन्त्रायलयका अधिकारीले बताएका छन् ।

आइएसको सम्भावित हमलाको जोखिमबारे थप विवरण सार्वजनिक गरिएको छैन । त्यस्तै, सो समूहले पनि काबुलमा हमला गर्ने चेतावनी अहिलेसम्म सार्वजनिक रुपमा दिएको छैन् ।

विमानस्थल टर्मिनलबाहिर हिंसात्मक झडप भइरहेका बेला अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको हो । केही दिनअघि मात्र हजारौ मानिस देश छाडेर जाने क्रममा विमानस्थलमा भागदौड हुँदा केहीको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । बेलायतको रक्षा मन्त्रालयका अनुसार सो भागदौडमा सातजनाको मृत्यु भएको थियो ।

काबुल विमानस्थलको सट्टा वैकल्पिक मार्ग खोजी भइरहेको विमानस्थलको भिडबारे अनुगमन गरेको अमेरिकी रक्षा मन्त्रायलयका अधिकारीको भनाइ  

 

अमेरिकी सेनासँगै देश छोडेर जान चाहने अफगान नागरिकहरुको बढ्दो चापका कारण काबुल विमानस्थलमा भिड बढेको छ । अमेरिकी सेनासँग काम गरेका तथा अफगानिस्तानमा मानवअधिकारको पक्षमा वकालत गरेका कतिपय अफगानीहरु आफूहरुमाथि तालिावनले बदला लिन सक्ने आशंकामा देश छोड्न आत्तुर छन् ।

तालिवानले सत्ता कब्जा गरेपछि २५ सय अमेरिकी नागरिकसहित १७ हजार मानिस स्वदेश फर्किएका छन् । हजारौं मानिस स्वदेश फर्किन विमानस्थलमा बसिरहेका छन् । आफूसँगै अमेरिका जान चाहने अमेरिकीमाथि दुव्र्यबहार भएको अमेरिकी अधिकारीले बताएका छन् । विमानस्थल जाने क्रममा उनीहरुमाथि कुटपिट भएको छ ।

हिंसाका घटना बढ्न थालेपछि अमेरिकी विदेश मन्त्रालयले भिड नगर्न अनुरोध गरेको छ । काबुलबाट कसरी सुरक्षित यात्रा गर्ने बारेमा मन्त्रालयल आफ्ना नागरिकलाई निर्देशन जारी गरेको मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

त्यस्तै, अन्य देशले पनि आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । काबुल विमानस्थल जोखिममा रहेको र विमानस्थलको पहुँचमा कडाइ गरिएको स्विट्जरल्यान्डको विदेश मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा विमानस्थलको सुरक्षा अवस्था दयनीय रहेको पनि मन्त्रालयले जनाएको छ । असुरक्षा दर्शाउँदै स्विट्जरल्यान्डले काबुलका चार्टड उडान स्थगित गरेको छ ।

हाल अमेरिकी फौजले अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको छ । अमेरिकाले आफ्ना र अन्य देशका नागरिकलाई स्वदेश फर्काउन सहयोग गरिरहेको छ । अमेरिकाले ३१ अगस्टसम्म आफ्ना सबै नागरिक स्वदेश फिर्ता गर्ने बताएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist