काठमाडाैँ । अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् ।
नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ । चालक दलका सदस्यको अवस्था अज्ञात रहेकाे जनाएकाे छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताएका छन् । स्राेत रासस