ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम नगरपालिकाको १ बर्ष : काम भन्दा बढी गुनासो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते, १७:१३ बजे
इलाम नगरपालिकाको १ बर्ष : काम भन्दा बढी गुनासो
21
SHARES
Share on FacebookShare on Twitter

 

टीका खतिवडा
इलाम
“मनमा तिर्खा बढेको छ
शहरको धारामा
पानी खस्न छोडेको छ
म यतिखेर
मिनरल भनिने
कहिले÷कहाँ भरेको
अस्वस्थकर बोतलको पानी पिइरहेछु।।।।।।।।
र आफ्नै उमेर घटाइरहेछु ।”
यि माथीका हरफहरु इलाम नगरपालिका ७ का वडासदस्य तथा कवि बिमल बैद्यको फेसबुक वालबाट लिइएको हो । करिव निर्माण कार्य सम्पन्न भइसकेको भनिएको साना शहरि खानेपानी आयोजना मार्फत धारामा पानी नआएपछि कवि विमल बैद्यले कविता फूराएर सामाजिक सञ्जालमा पोस्ट गरे । जनप्रतिनीधिले अरुको गुनाशा सम्वोधन गर्ने हो तर आफैँ पिडित भएको उनको पोष्टबाट बुझ्न सकिन्छ ।
इलाम बजारमा खानेपानी वितरणको जिम्मा इलाम नगरपालिकाले नै लिएको छ । नगरपालिकाका अन्य कामप्रति जनताको खासै चित्त दुखाई नदेखिए पनि खानेपानी वितरणमा गुनाशो वढि देखिन्छ । नगरपालिकामा प्रष्ट बहुमत पाएको नेपाली काँग्रेस पार्टीकै धेरै नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत नै खानेपानी आपुर्तिमा भएको अनियमितता र निर्माण कार्यबारे तिक्तता पोखेका छन् ।
खानेपानीमा सिर्जित विवादले सिंगो इलाम नगरपालिका तरङ्गीत बनाएको छ । किनकी साविक नगरपालिका क्षेत्रको लागि खानेपानी आपुर्ति इलाम नगर पालिकाले जिम्मेवारी लिएको छ । यति मात्र होइन नगर प्रमुख केदार थापा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रहेकै बेला नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनी हालसम्म अध्यक्ष पनि छन् ।
स्थानीय सरकारले आफैं जनताबाट खानेपानी महसुल उठाउनु, निर्माण नसकिदै महसुल उठाउन नगरपालिका अग्रसर हुनु, खानेपानी महसुल सुटुक्कै बढाएर उठाउनु र आयोजना निर्माणका क्रममा देखिएका केहि त्रुटीका कारण सदरमुकामका जनता समेत नगरको आलोचना गर्न बाध्य भए । तर यो विषय नगरले साविककै महसुल दर कायम गरेपछि अलिअलि ओझेलमा परेको छ । नगरले खानेपानी आपुर्ति क्रमश सहज बनाउँदै लगेको छ । तर आयोजना निर्माण सम्पन्न भएर पनि परिक्षण भइरहेको नगरको दावि छ । ठेकेदारले धारा जडान सकेपछि थप धारा जडान गर्न नगरपालिकाले पहल नगरेको स्थानियको अझै गुनाशो छ ।
इलाम नगरपालिकामै जिल्ला सदरमुकाममा रहेको छ । यसकारण यो नगर जिल्लावासीकै केन्द्रका रुपमा रहेको छ । यहाँ रहेका बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको काममा समेत जिल्लावासीको सरोकार साथै आवगमन हुने गर्दछ ।
गत वर्षको बैशाख ३० मा भएको स्थानिय तहको चुनाव पछि यस नगरपालिकामा जनप्रतिनिधिहरु परिवर्तन भए । उनीहरुले पनि एक वर्षको कार्यकाल बिताइसकेका छन् । चुनावका मितिले एक वर्ष बितेको छ ।
यहाँ खानेपानी समस्याले चर्चा र बिबादमा रहे पनि बाँकी काम सन्तोषजनक नै रहेको पाइन्छ ।
नगरपालिकाले आफ्नो हनिमुन अवधिका क्रममा कुनै आशलाग्दो गतिविधि सार्वजनिक गर्न पाएन । सय दिनमा नवनिर्वाचित जनप्रतिनीधिहरु आफ्नै जिम्मेवारी बोध गर्न नसकेको उनीहरुको व्यवहारबाट देखिन्थ्यो । विभिन्न समिति गठन कर्मचारी व्यवस्थापन र औपचारीक कार्यक्रममा नगरका प्रतिनीधि व्यस्त रहेको देखिन्थ्यो ।
संयोग भनौ वा सदरमुकामबासीको भाग्य । इलाम बजार क्षेत्रभित्र रहेको सडकको दुरावस्था हटेको छ । इलाम बजार भित्र विगतमा गरिने कालोपत्रे सडक भन्दा गुणस्तरिय सडक निर्माण भयो । यो सडक वर्तमान जनप्रतिनीधि निर्वाचित भएलगत्तै बनेको छ । यसलाई नगरका प्रतिनीधिले आफ्नो उपलव्धि ठानेका छन् । सडक डिभिजन कार्यालय मार्फत ठेक्का लागेर सम्पन्न भएको भएपनि यो सडकको निर्माणले इलाम बजारको स्वरुप नै परिवर्तन गरिदिएको छ । बजार क्षेत्रमा बाँकी रहेका सडक ९हाकीमटोल, चियाबारी, गढि, र भञ्ज्याङ० सडकको स्तरोन्नति गर्न नगरले तदारुक्ता देखाएको छ ।
निर्माण सम्पन्न भएको सुकिलुम्बा किमान स्थलमा बन्द रहेको हवाइ सेवा सुचारु गर्न यहाँका जनप्रतिनिधिले पहल गरेपछि हाल हप्ताको एक दिन उडान हुने गरेको छ । विगतमा नगरपालिकाको खर्च लगाएर नीजि कम्पनीलाई उडान भर्न दिएकोमा विवाद सिर्जना भएको थियो । नेपाल वायुसेवा निगमको उडान हप्तामा एक दिन गराउन सक्नु जिल्लाको विकासमा पहल कदमी नै हो । निगमका कार्यकारी अध्यक्ष नै जिल्लाबासी भएकाले पनि त्यो फाइदा नगरले लिनसकेको हो भन्नु पनि यहाँ सान्दर्भिक हुनेछ । नेपाल एयरलाइन्सको जहाजले तारा एयरको भन्दा धेरै कम भाडा लिएर उडान गर्न सुरु गरेको छ । बिचमा नियमित उडान हुन सकेन हाल पुन उडान सुरु भएको छ ।
पशुचौपायमा लम्की स्कीन नामक रोगले किसानका गाई बिरामी र मर्न थालेका छन् । यस कार्यमा यहाँका जनप्रतिनिधिले उदाहारणिय काम गरेका छन् । उपमेयर विष्णु दहालको नेतृत्वमा बसेको बैठकले यहाँका पशु चौपाय बचाउन जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक खोपमा लगाउने निर्णय गरे । यस निर्णयले नगरवासी हर्षित छन् । अन्य पालिकाले यसरी पशु बचाउन आफ्नै पारिश्रमिक कटौती गरेर लगाएका छैनन् । इलाम नगरपालिकामा कृषि र पशुमा छुटिएको बजेट कटौति गरी अन्य निर्माणका काममा लगाउने र बजेट दुरुपयोग गर्ने परिपाटि विगतको भन्दा केहि कम देखिएको छ । यो रोग लागेका भन्दा पनि नलागेका पशु चौपायालाई खोपको मात्रा दिइएको भएपनि रोगले भेटेको गोठका पशु बढि जोखिममा परेका थिए । किनकी रोग लागेका पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइँदैन । कृषिमा छुट्याइएको बजेट के के शिर्षका सकियो र लम्पीलाई कताकताबाट बजेट प्रवन्ध गरिएको हो भन्ने विवरण नगरले सार्वजनिक गराउन सक्नु पर्दछ ।
तर जसरी खोपमा इलाम नगरापलिकाले चासो बढायो अत्यान्तै राम्रो काम गरेको किसानहरुको भनाई छ । उनीहरुले पशुमा खोप लगाएपछि यो रोगले भेटे पनि चाँडो जाती भएको बताएका छन् ।
इलाम नगरपालिकामा निर्वाचित भएपछि वर्तमान नेतृत्वले इलाम चोक बजारमा जथाभावि रुपमा उठाउने गरिएको मोटरसाइकल र सवारी पार्किङ शुल्क नलिने निर्णय गरेपछि धेरै प्रशंसा भएको थियो । नगरको हाटबजार व्यवस्थित गर्न भने नगरले पहल गर्न सकेको छैन । हाटबजारमा अर्गानिक उत्पादन कमै पाइन थालेको छ । कारण हाट बजार लाग्ने स्थानमा केहि व्यापारीहरुले मात्र कव्जा जमाएका छन् । गाउँबाट आउने तरकारी उत्पादन गर्ने किसानले भारी विसाएर विक्रि गर्ने स्थान अझै पाउन मुस्किल छ । घामपानी सहेर केहि किसानले मात्र यो मौका पाएका छन् ।
नगर क्षेत्रका दीर्घरोगी र असहायलाई उपचारमा सहयोग गर्न राहत कोषको ब्यवस्था गरिएको छ । स्वास्थ्य क्षेत्रमा रहेको समस्या समाधान गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजा गरिएको थियो । यस्तो शिविरबाट बिरामीले राहत पाए की कुनै अमुक अस्पतालको ग्राकह बन्न बाध्य भए रु क्यान्सर जस्तो घातक रोगको पहिचान र परिक्षण कुनै दुइदिने स्वास्थ्य शिविरमा हुन सक्ने कुरा पनि भएन ।
युवाहरुलाई खेलकुद विकासमा नगरकप हुने गरेको छ । नगरकप भने आफैमा विवाद रहित हुन सकेन ।
किसानहरुलाई अनुदानमा कृषि औजार वितरण गर्ने गरिएको छ । योजना बनाएर आएका विकासक्रमलाई प्राथमिकता दिइने गरिएको छ । सिंचाइकालागि आवश्यक कामलाई अगाडी बढाइएको छ । सिंचाइ सुविधा पुर्याउन नगरले आवश्यक काम गरिरहेको बताइएको छ । यस अघि नै बालबालिकाका लागि पार्क, ब्यापारिका लागि सिटी मार्ट, तरकारी ब्यापारीका लागि ब्यवस्थित टहरा, ब्यवस्थित पशु हाट निर्माण भइसकेका छन् । तर अब गर्न उत्ति नै कामहरु छन् ।
पहिलो वर्ष खासै ठोस उपलब्धि मुलक र देखीने कामहरु नभएको नगरवासीको भनाई छ । यो यहाँका जनप्रतिनिधि आफैँले ग्रहण गरिरहेकै होलान । इलाममा व्यवस्थित कोल्डस्टोर बनेको भएपनि यसलाई संचालनमा ल्याउन पहल नगर्नु नगरको कमजोरी मान्न सकिन्छ । हुन त यो कोल्टस्टोर यस अघि भएको महेश बस्नेत नेतृत्वले पनि पहल गरेन । कोल्डस्टोर संचालनका लागि परिआएमा बजेट विनियोजन गरि पुन निर्माण गर्न नगरले तदारुकता देखाउनु पर्ने देखिन्छ ।
सेरामा निर्माण सम्पन्न भइसकेको भनिएको नयाँ बसपार्क संचालनमा नगरले पहल गरेको छ्रैन । बसपार्कको स्थायी संरचना मासेर भलिबल मैदान बनाउने जस्ता कामहरु भएका छन् । बसपार्कमा राखिएको कृषि क्याम्पसलाई अन्य स्थानमा सारेर त्यहाँ बसपार्क संचालन गर्नुपर्ने नगरबासीको भनाई छ । पुरानो बसपार्कमा बनिएको पाकीङ भवनलाई पनि चाँडो संचालन गर्न पहल गर्नुपर्ने देखिन्छ ।
खानेपानीलाई ब्यवस्थित गर्न प्रमुख पाटो हो । गाउँबाट आएका किसानबाट लिइने शुल्क मिनाहा गर्न नगरवासीको माग छ । वडामा हुने सामान्य कार्यक्रममा ब्यस्त रहने मेयरले योजना बनाएर समृद्ध नगर बनाउन पहल गर्नुपर्ने देखिन्छ । नगरलाई समृद्ध बनाउन सम्वन्धित मन्त्रालयबाट बजेट माग गरेर अघि बढ्न सकियो भने मात्र नगरलाई समृद्ध बनाउन सकिन्छ । नत्र पाँच वर्ष बितिसक्दा नगर ओगट्ने भन्दा बाहिर काम के देखाउने ?
नियमित आउने बजेटको मात्र पर्खाइमा रहँदा नगर समृद्ध बन्न सक्दैन । डिपिआर सर्भे गरेर सम्वन्धित मन्त्रालय तथा निकायमा आवश्यक बजेट माग गरेर काम अघि बढाउन आवश्यक छ । इलाम अस्पताललाई ब्यवस्थित गर्दै सेवा बढाउन समेत पहल गर्न जरुर छ । यो अस्पतालमा बिगत १० वर्ष अघि देखीको अध्ययन गरौँ । ठुला भवन ठडिए होलान, त्यो भन्दा वढि के भयो रु त्यता तिर पनि सोचौँ । चिकित्सकको संख्या बढाउन के पहल भयो रु दुई दिन हुने शिविरले यहाँका नागरिकलाई दिर्घकालिन सेवा मिल्दैन तर कुनै अस्पताललाई दिर्घकालिन नै मेवा मिल्ला ।
पर्यटकिय जिल्ला हो इलाम । इलाम नगरपालिकाका बिभिन्न क्षेत्रहरुमा समेत पर्यटकहरुको उल्लेख्य उपस्थिती रहने गरेको छ । तर नगरपालिकाले पर्यटकिय क्षेत्रको प्रचार र अन्य काममा ठोस कदम चाल्न सकेको छैन । यहाँ रहेका होटल तथा रेस्टुराँमा नयाँ स्वाद पाइँदैन । तर बाहिरबाट दक्ष जनशक्ति ल्याएर काम सिकाएर दक्ष बनाउन सकिन्छ । यसका लागि होटल व्यवसायिहरुको दक्षतामा नगरले खर्च गर्न पहल गर्नु आवश्यक छ ।
चियाको जिल्ला हो इलाम अनी यो नगरपालिका । यहाँ उत्पादन हुने चिया बाहिर गएर बिभिन्न स्वादमा पिउन पाइन्छ । तर इलाम बजारमा दुध लगाएको, दुध नलगाएको, रातो र कागती राखेको चिया बाहेक अन्य चिया खासै पिउन पाइँदैन । यसका लागि पनि नगरपालिकाले निजि ब्यापारीहरुसँग समन्वय गर्न सक्छ । चियाको राजधानी इलाममा थरीथरीका चिया बेच्ने होटल ब्यवसायी नै हुन् । नगरपालिकाले बेच्ने हैन । तर ती ब्यापारीलाई अग्रसर कुन प्रेरित गर्ने स्थानिय सरकार पनि त होला नि ?
बिभिन्न कम्पनी तथा ब्यवसायीसँग समन्वय गरेर यहाँ बिभिन्न क्षेत्रका पर्यटक तान्ने साहसिक तथा आकर्षण थप्ने काम गर्न जरुर छ । कृषि क्याम्पस र आँखा अस्पताल पहिला नै निर्माण भएको हो । यहाँ आवश्यक जनशक्ति थपेर काम अगाडी बढाउन जरुर छ ।
यस नगरलाई शिक्षाको हव बनाउन सकिन्छ । यहाँ रहेको आदर्श माविलाई ब्यवस्थित गर्दै परिस्कृत शिक्षा दिन जरुर छ । जस्तै अन्य पालिकाले सरकारी बिद्यालयमा समेत कक्षा नर्सरी देखी पढाई हुन्छ । अंगे्रजी माध्यमबाट अध्यापन हुन्छ । नगरले ब्यवसायिक शिक्षालाई जोड दिने गरि ठोस काम गर्न आवश्यक देखिन्छ ।
नगरको भवन ब्यवस्थित छ । वडाका भवनहरु समेत काम गर्न सकिने खालकै छन् । तर कामको गती अलिक कमी भएको हो कि भन्ने जनताले महसुश गर्न थालेका छन् । नगरका जनप्रतिनीधिहहरुले आफूहरु चुनावी मैदानमा होमिदै गर्दा जनतासँग गरेका धेरै प्रतिवद्धताहरु सार्वजनिक भइसकेका छन् । ती प्रतिवद्धता पुरा गर्न पहल गरेको पाइदैन । घोषणा पत्र र सार्वजनिक प्रतिवद्धता कुन दराजमा थन्किएको छ रु यसको खोजि गरी कार्यान्वयन गर्न नगरपालिकाका जनप्रतिनीधिलाई के ले रोकेको छ रु
इलाम नगरपालिका इलाम बजार मात्र हैन । संघियता आएको गाउँको समेत विकासका लागि हो । गाउँमा रहेका वडाहरुलाई समेत उत्तिकै माथी उठाउन आवश्यक छ
धेरै प्रयासहरु भइरहेका छन् । नतिजा देखिन समय लाग्छ । तर पहल गर्न ढिलो पो भइसक्यो कि ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist