विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार १ बजे बस्ने भएको छ।मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।
जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी भएको थियो । सदन स्थगनमा भएपछि नीति कार्यक्रम पेश भएको छैन ।सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरीरहेको छ। यहीबेला सभामुख बाबुराम गौतमले ससद बैठक बोलाएका छन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।आइतबारमात्रै प्रदेशका विपक्षी दलहरुले अध्यादेशबाट बजेट ल्याए अस्वीकार गर्ने चेतावनी दिएका छन् ।