इलाम, जेठ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक बनाउन रोक लगाएको छ ।
मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन त्यस्तैकार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन।
यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने उनले बताएका छन।
पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।