ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीमा जेसिसद्वारा ‘मास्टर-टट’ कार्यक्रमको तयारी पूरा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते, ११:४४ बजे
इटहरीमा जेसिसद्वारा ‘मास्टर-टट’ कार्यक्रमको तयारी पूरा
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यतामा इटहरीमा मास्टर टट कार्यक्रमको आयोजना गरिने गरी तयारी पूरा भएको छ ।  बिहीबार बिहान तरहरा जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गर्दैै कार्यक्रमबारे जानकारी दिइएको हो ।

कार्यक्रम निर्देशक मणिराम श्रेष्ठका अनुसार असार १ गते (शुक्रबार) देखि ४ गतेसम्म इटहरी २ मा रहेको सोल्टी वेस्टेण्ड होटलमा देशभरका ४४ जनालाई सहभागी गराएर मास्टर टट कार्यक्रम आयोजना गर्नेगरी तयारी पूरा भएको छ ।

‘तालिम लिएर तालिम दिन सक्ने बनाउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ श्रेष्ठले भने, ‘नेपाल जेसीज स्थापना भएपछि हालसम्म एकपटक मात्रै मास्टर टट कार्यक्रमको आयोजना भएको छ ।’

तरहरा जेसीजका अध्यक्ष बहादुर तामाङका अनुसार कार्यक्रममा कूल २१ लाख ५५ हजार खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये तालिममा सहभागीबाट ९,७८,६८० रुपैयाँ प्राप्त हुने र बाँकी सौजन्य तथा सहयोगबाट उठाइने उनले बताए ।

‘तरहरा जेसीज वर्ष २०२३ मा ‘लिडरसिप फर बेटरमेन्ट प्रकरणको साथ अझ सशक्त ढंगबाट अघि बढेको छ,’ तामाङले भने, ‘जेसीज प्रतिभाहरूलाई सीप, ज्ञान, र प्रविधिहरूबाट आफनै उच्च प्रभावकारी प्रशिक्षक बन्न, बनाउनको लागि यो कार्यक्रमले सहज हुनेछ ।’

कार्यक्रम संयोजक विवेक विवश रेग्मीका अनुसार चारदिन सम्म चल्ने तालिममा सहभागीहरूले तालिमपछि भने दक्ष प्रशिक्षक बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार तालिमको मुख्य प्रशिक्षकका रूपमा जेसीआई सिनेटर योगेश चन्डक र प्रशिक्षकका रूपमा जेसी डा. सन्देश दास श्रेष्ठ रहेका छन् ।

‘हामीले यसअघि पनि शाखामा विभिन्न तालिम आयोजना गरेका छौँ,’ रेग्मीले भने, ‘यो कार्यक्रम नेपाल जेसीजकै रहेको र तरहरा शाखाले आतिथ्यता ग्रहण गर्न पाउनु शाखाको उपलब्धि हो ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist