ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम कामै नगरी बाँडफाँड

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ९ गते, १०:२५ बजे
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम कामै नगरी बाँडफाँड
20
SHARES
Share on FacebookShare on Twitter

सप्तरी, ९ भदौ । सप्तरीको विष्णुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको स्थानीय आरोप लगाएका छन्।

गाउँपालिकाको सातवटै वडामा १५/१५ जना छनौट गरी एक दुई  दिनमात्र काम लगाएर मजदुरहरूसँग खाली चेकमा हस्ताक्षर गराएर पाँचदेखि २० हजार रूपैयाँ दिएर जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा आधा भन्दाबढी रकम अनियमितता गरेको  स्थानीय ६३ वर्षीय विन्देश्वर यादवले आरोप लगाए।

आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत गाउँपालिकामा आएको ५२ लाख ५०  हजार रूपैयाँ गाउँपालिकाको सातवटै वडाको भागमा सात लाख ५०  हजारको दरले लागेको थियोे ।

स्थानीय जनप्रतिनिधिले आफन्त, कार्यकर्ता र नातागोताका अधिकांश व्यक्ति चयन गरी कामै नगराई मिलोमतोमा रकम बाँडफाँड गरेर झ्वाम पारेको यादवको भनाइ छ। ‘के कति काम भएको छ, अनुगमन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने माग हामीले गरेका छौँ’, उनले भने ।

वडा नं. ७ का ५५ वर्षीया योगेन्द्र यादवले भने, ‘प्रधानमन्त्री रोजगारीका लागि आएको रकम काम गराएर दिनुपर्थ्यो। काम भएको छैन, रकम सकिएको छ।’

‘एक दुई दिनबाहेक कसैले कुनै काम गरेको छैन, जबकि एउटा मजदुरले ९० दिन काम गर्नुपर्ने हुन्छ, त्यसबापत उसले  कर कट्टा गरी ४५ हजार रुपैयाँ पाउँनुपर्ने हुन्छ । त्यस्तो भएको छैन’, स्थानीयहरु बताउँछन् ।

खाता सबैको खोलियो, पैंसा पनि बैंकमा हालियो । तर,  खाली चेकमा हस्ताक्षर गराई कर्मचारीले आफैँ उठाएर दिएको स्थानीय  राजेन्द्र मण्डलले बताए ।गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवकाअनुसार काम गर्ने सबैको खातामा पैसा गएको छ । खाली चेकमा कसैले हस्ताक्षर गराएको छैन ।

‘जसले जतिदिन काम गरेको छ, उसले त्यति दिनको पैसा पाएको छ। यस सम्बन्धमा कुनै मजदुर कुनै गुनासो लिएर आएको छैन । । कसैले कुनै गुनासो लिएर आयो भने समस्या बुझी दिन्छु । कार्यविधिअनुसार वडा कार्यालयको सिफारिसमा उनीहरूको खातामा रकम जम्मा गर्न लगाएका हौं’, अध्यक्ष यादवले भने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist