ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बालबालिकामा कुपोषणको समस्या हट्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, ११:२४ बजे
बालबालिकामा कुपोषणको समस्या हट्दै
18
SHARES
Share on FacebookShare on Twitter

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।

तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको केन्द्रमा पहिलेको तुलनामा हाल नगन्य मात्रामा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको हो ।

“केन्द्र मातहत रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वर्षको सुरुमै घर–घरमा खटाएर पाँच वर्षमुनिका बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गर्यौ”, केन्द्रका प्रमुख कृष्णराज जोशीले भने, “कृपोषित भएका बालबालिकाको पहिचान गर्ने कार्य गरी स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्यायौँ ।” तीन वर्षअघि कुपोषित हुने बालबालिकाको सङ्ख्या निकै बढी थियो ।

उपचारात्मक खानाको माध्यमबाट बालबालिकाको उपचार गरिएपछि हाल थोरैमात्रै बालबालिकामा कुपोषणको समस्या रहेको छ । गत वर्ष आठ जना बालबालिका कुपोषित रहेका थिए । यस वर्ष तीन जना बालबालिकामा मात्रै कुषोषणको समस्या रहेको छ । बालबालिका र आमालाई सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ भन्ने कुरा घरमै गएर सम्झाउने गरेको महिला स्वास्थ्य स्वयंसेविका वृक्षी रानाले बताए ।

स्वास्थ्य केन्द्र स्थापना भएपछि प्रत्येक वर्ष कुपोषित बालबालिकाको सर्भेको कार्य हुँदै आएकाले पहिलेको तुलनामा कुपोषित हुने बालबालिकाको सङ्ख्या घट्दै गएको उनले बताए । “दुई वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिने कार्यसँगै तौल र उचाइ उमेरअनुसार वृद्धि भए-नभएको यकिन गर्दछौँ”, उनले भने, “त्यसकै आधारमा जेड स्कोर निकालेर कुपोषित भए-नभएको जानकारी हुन्छ, कुपोषित भए बालबालिकालाई उपचारका लागि केन्द्रमा पुर्याउँछौँ ।”

केन्द्रको कार्यक्षेत्रभित्रका टोलमा पुगेर सन्तुलित खानाबारे स्थानीय बासिन्दालाई सचेत पार्नका लागि खाद्य प्रदर्शनीको कार्य गरिएको केन्द्र प्रमुख जोशीको भनाइ छ । “खाद्य प्रदर्शनीमा पोषिलो खानाबारे जानकारी दिन्छौँ”, उनले भने, “कुपोषित बालबालिकाका लागि पुनःपरीक्षण र उपचार शिविरको आयोजना गर्ने कार्य हुँदै आएको छ ।”

उनका अनुसार आमा र बालबालिकालाई पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने जानकारी अभिभावकले पाएपछि निकै सचेत भएका छन् । चालु आवदेखि प्रत्येक महिना पाखुराको नाप लिने र तौल लिने बालबालिकालाई वडा कार्यालयका तर्फबाट एक किलो आयोडिनयुक्त नुन र एकवटा साबुन निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

केन्द्रमा पुगेका एक सय ४९ बालबालिकाको नाप लिने र तौल लिने कार्य गरिएको छ । दुई वर्षमुनिका सबै बालबालिकालाई केन्द्रबाट बालभिटा र कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयुटिएफ) दिइने गरेको छ । केन्द्रका स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको प्रणालीबद्धरूपमा उपचार गरिँदै आइएको छ ।

जसअनुसार बालबालिकाको अवस्था हेरी भिटामिन ‘ए’ जुकाको औषधिसँगै अन्य रोगको औषधि उपलब्ध गराइँदै आएको छ । “महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको प्रयासले अभिभाकलाई जनचेतना दिने कार्य गरिएपछि कुपोषणबारे अभिभावक सेचत भएका छन्”, वडाध्यक्ष शेरबहादुर साउदले भने, “ब्यालेन्स डाइट आमा र बालबालिकालाई खुवाउनुपर्छ भन्ने कुराको जानकारी पाएसँगै अभिभावकले त्यसको जोहो गर्दै आएका छन्, यसको परिणामस्वरुप बालबालिकामा देखिने कुपोषणको समस्या निराकरण हुँदै गएको छ ।” वडाका सबै बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि प्रयासरत रहेको उनले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist