ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आइसिसी विश्वकप छनोट प्रतियोगिता आजबाट -हिलो खेलमा नेपाल र जिम्बावे भिड्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, १२:०४ बजे
आइपीएल टी–ट्वान्टी क्रिकेट – फाइनल आज
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता आजबाट जिम्बावेमा सुरू हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुँदैछ। एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेल्दैछ।

यद्यपी नेपालले जिम्बावेसँग पहिलोपटक भने खेल्न लागेको होइन। यसअघि नेपालले जिम्बावेविरुद्ध खेलेका दुई खेललाई एकदिवसीय मान्यता थिएन। दुवै खेलमा नेपाल पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ । आयोजक त्योमाथि टेस्ट टिम जिम्बावेविरुद्ध आज देखाउने खेलले प्रतियोगिताभर नेपालको खेललाई असर गर्नेछ । एकदिवसीय वरीयताको कुरा गर्ने हो भने जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ ।

प्रतियोगिताका लागि दश दिन दक्षिण अफ्रिकामा तयारी गर्दा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । दुवै खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको थियो ।

यस्तै अघिल्लो साता जिम्बावे पुगेको नेपालले युएईविरुद्धको पहिलो वार्मअप खेलमा पनि पराजय भोगेको थियो। ओमानविरुद्धको वार्मअप खेलमा भने नेपालले जित निकालेको थियो । ओमानविरुद्ध ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए। नेपालका लागि जिम्बावेको कन्डिसनमा ब्याटिङ गर्न सक्ने अर्को चुनौती हुनेछ ।

नेपाल र जिम्बावेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ। खेल नेपाली समयअनुसार १२:४५ बजे सुरु हुनेछ ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ । समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् ।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् ।

आज आयोजक जिम्बावेसँग खेलेपछि यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन् ।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन् । जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist