Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पहिरोले घर बगाउँदा ताप्लेजुङको सिदिङ्वामा ४ जना बेपत्ता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, १२:४० बजे
पहिरोले घर बगाउँदा ताप्लेजुङको सिदिङ्वामा ४ जना बेपत्ता
17
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ — ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाका अनुसार यादव बुढाक्षेत्रीको तीन जनाको परिवार र छिमेकी गणेश तामाङ सम्पर्कविहीन भएका हुन । यादव काम विशेषले पेदाङ गएका थिए । घरमा उनको आमा श्रीमती र छोरी रहेको जनाइएको छ ।

दुई खोलाको बीचमा घर भएका गणेशले भने पानी पर्न थालेपछि बाबुआमालाई खोलो तारेर सुरक्षित ठाउँमा पठाएका थिए । तर उनी भने सम्पर्कमा नभएको स्थानीय दिवस भण्डारीले जानकारी दिएका छन । आङखोपमा प्रेम सेलिङ लगायतको तीनवटा घर बगाएको खबर भए पनि क्षतिको विवरण नआइसकेको उपाध्यक्ष कडरियाले बताएकी छिन।

त्थ्स्तै लगातारको वर्षाको कारण ताप्लेजुङबाट बाहिर जिल्ला जाने सडक अवरुद्ध भएकाले लामो तथा छोटो दूरीका यातायात चलेका छैनन् । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार पाँचथरको हेवाखोलाको पुल र माझीटारको पुल बगाएकोले पाँचथर, इलाम, झापा जाने यातायातका साधन चलेका छैनन् । दोभान बजारछेउको सडकसमेत मेवाखोलाले बगाएकोले जिल्लाभित्र पनि यातायात चल्न कठिन भएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

बुधबार बेलुकादेखिको वर्षा र कावेली नदीमा आएको बाढीका कारण सिरिजंगा गाउँपालिका–८ याम्फुदिनका पाँच सरकारी कार्यालयसहित १५ परिवार विस्थापित भएका छन् ।कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार तारामान गुरुङ, सोमबहादुर राई, मनकुमार राई र सुनिल राईको परिवार विस्थापित भएका हुन् । यस्तै खड्ग गुरुङ, अशोक गुरुङ, तार्सीदप गुरुङ, रामकुमार राई, ज्ञानुमाया राई, मणिकुमार राई, पृथ्वीबहादुर गुरुङ र कर्णबहादुर गुरुङको परिवार पनि विस्थापित भएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist