नेपाल प्रेस युनियन इलामको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार इलाम सदरमुकाममा सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनबाट सबितापाण्डे अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।
पाण्डे यसअघि पनि अध्यक्ष थिइन् । तत्कालिन अध्यक्ष विप्लव भट्टराई नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा निर्वाचित भएपछि पाण्डेले युनियनको अध्यक्ष सम्हालेकी थिइन् ।अधिवेशनबाट उपाध्यक्षद्वयमा सुनिता राई र सुनिता मगर, सचिवमा प्रकाश नेपाल, सहसचिवमा कमला थापा र कोषाध्यक्षमा हरि असिम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा लिलाप्रसाद थापा, रोशन बुढाथोकी, शिवकुमार थापा, दुर्गाभवानी पोख्रेल, मनिस बस्नेत, बालकृष्ण बस्नेत, लोकेश भट्टराई र विकास न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै युनियनका अग्रज पाँच जना पत्रकारहरु लाई सम्ममन गरेको छ । सम्मानित हुनेहरुमा प्रभाकर प्रधान, हरिप्रसाद लुइटेल, तोयानाथ भट्टराई, विप्लव भट्टराई र उर्मिला सुवेदी रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस इलामका उपसभापति खगेन्द्र देवानले गरेका थिए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, पूर्व संविधानसधा सदस्य जगदिस नरसिंह केसी, प्रेस युनियनका उपमहासचिव युवराज गौतम, केन्द्रीय सदस्य भीम बाँस्कोटा, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष राम योङहाङ, प्रेस चौतारीका अध्यक्ष भीम चापागाई, प्रभाकर प्रधान, तोयानाथ भट्टराइ र हरिप्रसाद लुइटेलले शुभकामना मन्तव्य राखेका थिए ।