ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

संसदमा सांसदको प्रश्न – के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, १५:२१ बजे
अपराध बढेसँगै सीमामा आवतजावत गर्नेको विवरण राख्न निर्देशन’
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह गर्ने समेत गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, “सिनेमाका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर अत्यन्त गलत अन्र्तवार्तामार्फत अभिव्यक्ति दिइरहेका छन्, नेपाल सरकार के गर्दै छ ? के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो ? सरकार स्पष्ट हुन जरुरी छ, यदि भातरले त्यसो गर्न खोजेको हो भने नेपालको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन तयार छ ।”

नेपालको एक इञ्च भूमि पनि कसैलाई सुम्पिन तयार नभएको भन्दै उनले मुलुकको लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको भूमि अनाधिकृत रुपमा नापजाँच गरेको विषयमाथि सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । उनले भने, “असार १ गते भारतीय टोलीले इन्डियन नेशनल हाइवेयले सर्वे गर्ने भन्दै कञ्चनपुरको भुजेला गड्डाचौँकी हुँदै सुक्कासालसम्मको भू–भाग नापजाँच गरेको छ, सर्वेका सामानसहित आएका ती प्रतिनिधि प्राविधिक नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षामा खटिएका सुरक्षाले भने सुइँकोसमेत पाएनन्, के उनीहरुलाई जागिर खानका लागि मात्रै सिमानामा खटाइएको हो ?”

सांसद तारा लामा तामाङले गएराति कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढीका कारण २५ जना बेपत्ता भएको र धनजनको क्षतिप्रति दुःख व्यक्त गरे । उनले देशैभरिका सामुदायिक विद्यालयका कर्मचारीको जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डा तोसिमा कार्कीले कालोबजारी मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दयालबहादुर शाहीले बाजुरा जिल्लामा भएको अविरल वर्षाका कारण त्यहाँका दलित समुदाय विस्थापित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  सांसद दीलेन्द्रप्रसाद बडूले आन्दोलनरत शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद दीपकबहादुर सिंहले खडेरीका कारण किसानको अन्नबाली नाश भइरहेको उल्लेख गर्दै धानको बीउ लगाउने बेलामा मलको हाहाकार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद दामोदर पौडेल वैरागीले शिक्षा सेवा नियमावली जतिसक्दो चाँडो ल्याउन माग गरे ।

सांसदहरु दुर्गा राई, दीपा शर्मा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, धनबहादुर बुढा, ध्रुवबहादुर प्रधान, निशा डाँडी, प्रभु शाह, प्रमु हजारा दुसाद, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कङ्साकार, विनिता कठायत,  नवलकिशोर शाह, नारायणप्रसाद आचार्य, नागिना यादव र नारायणी शर्माले नागरिकता, खानेपानी, बाढिपहिरो, अविरल वर्षा, यातायातलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist