ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

ऐतिहासिक शतक प्रहार गर्न एक रनले चुक्यो नेपाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, १५:३९ बजे
ऐतिहासिक शतक प्रहार गर्न एक रनले चुक्यो नेपाल
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओनपर कुशल भुर्तेलले ऐतिहासिक शतक प्रहार गर्न एक रनले चुकेका छन् ।

आजबाट जिम्बावेमा सुरू उक्त खेलमा ९९ रनमा ३१.५ ओभरमा मासाकाज्दाको बलमा भुर्तेल बोल्ड भएका  छन् ।  उनले ९५ बलमा ९९ रन जोड्ने क्रममा १३ चौका र २ छक्का प्रहार गरे। उनी आउट हुँदा नेपालले १७१ रन जोड्यो। उनलाई आसिफ शेखले ६५ रन बनाएर साथ दिए ।

१७१ रनको साझाेदारी नेपालका लागि समग्र र पहिलो विकेटका लागि कीर्तिमानी हो । नेपालका दुवै ओनपर आउट भएका छन् । कुशल ९९ रनमा आउट हुँदा आसिफ ६६ रन बनाएर आउट भएका छन्। नेपालले  ३७ ‌ओभरमा २ विकेटको क्षतिमा १७४ रन जोडेको छ ।

यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए । विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।

एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेलिरहेको छ।

विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ। आयोजक त्योमाथि टेस्ट टिम जिम्बावेविरुद्ध आज देखाउने खेलले प्रतियोगिताभर नेपालको खेललाई असर गर्नेछ। एकदिवसीय वरीयताको कुरा गर्ने हो भने जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ ।

प्रतियोगिताका लागि दश दिन दक्षिण अफ्रिकामा तयारी गर्दा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो। दुवै खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको थियो ।

यस्तै अघिल्लो साता जिम्बावे पुगेको नेपालले युएईविरुद्धको पहिलो वार्मअप खेलमा पनि पराजय भोगेको थियो । ओमानविरुद्धको वार्मअप खेलमा भने नेपालले जित निकालेको थियो । ओमानविरुद्ध ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए । नेपालका लागि जिम्बावेको कन्डिसनमा ब्याटिङ गर्न सक्ने अर्को चुनौती हुनेछ ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ । समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् ।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् ।

आज आयोजक जिम्बावेसँग खेलेपछि यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन् ।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन् । जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

(सेतोपाटीबाट साभार)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist