काठमाण्डौं ९ । सद्गुरु बुधबार हुम्ला आउने पक्का भएको छ उनि कैलास मानसरोवरको दर्शन गर्न हुम्ला आउने भएका हुन् । कैलास मानसरोवर हिन्दु र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थल हो ।
सद्गुरु बुधबार हुम्ला आउने पक्का भए पछि नेपाली कुक र गाइडको टोली केहि दिन अगाडि हुम्ला पुगेको हो । कैलास दर्शनको लागि २ दिनको अवधिमा १ सय ७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक सिमकोट विमानस्थल पुगेको श्रोतले जानकारी दिएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका वडानं ६ लिमीको लाप्चाबाट मानसरोवर कैलाश दर्शन पुगिन्छ । लामो समय देखि कोरोनाको कारण हिल्सा नाका बन्द थियो । पहिलो पटक सतगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुग्ने जनाएको छ ।
चीनीया पक्षले कोरोना भाइरसकै कारण धार्मिक तथा सांस्कृतीक महत्वको कैलास मानसरोवार आवतजावत गर्ने रोक लगाएका बेलामा सद्गुरु हुम्लाको लाप्चाबाटै दर्शन गर्न हुम्ला आउन लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
पाँच हजार मिटर अग्लो स्थानमा रहेको मानसरोवर कैलाशको दर्शन गर्न सिमकोट देखि पैदल मार्गबाट लाप्चा हुदैं मानसरोवरको दर्शनका साथै पूजापाठ तयारी रहेको आयोजक प्रर्यक व्यावसाय विजय लामाले बताउनु भएको छ । यसअघि पनि ३ वटा भारतीय टोलीले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरीसकेको लामाले जानकारी दिनु भयो । उनि भन्छन् ‘यसपटक भने ठूलो संख्यामा आउन लागेको पनि जानकारी दिए ।
सद्गुरु ‘एक रात सिमकोटमा बस्ने र भोली विहिबार बिहान मात्र पैदल मार्गबाट लाप्चातर्फ लाग्ने पर्यटन व्यवसायी लामाका जानकारी गराए । उन्ले जानकारी गराए ‘सदगुरुसँग १२ जना भारतीय लगाएयत दश देशका तीर्थलु सहभागिता रहनेछन् ।”
यसरी सद्गुरु लगाएतका कैलास मानसरोवरको दर्शन गर्न आउने टोलीको यात्राका लागि मोटर साईकल तथा घोडाको समेत व्यवस्था गरिएको छ ।







