Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मध्यपहाडी राजमार्ग आयोजना खप्टिएको खण्डमा निर्माण अन्योल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, १७:३२ बजे
Tunnel farming transformed the agriculture in Vijaychhaap
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले यही असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत कतिपय खण्डमा निर्माणका लागि प्रक्रिया सुरु हुन सकेको छैन ।

आयोजना खाप्टिएका खण्डमा कुन आयोजनालाई कसरी अघि बढाउने भन्ने निर्णय नहुँदा काम रोकिएका छन् । अधिकांश स्थानमा ग्राभेलको ठेक्का सम्पन्न नभएका खण्डमा कालोपत्रको प्रक्रिया अघि बढ्न नसकेको हो ।

बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण गोरखा र धादिङका केही खण्डमा र रामेछापमा ग्राभेल ठेक्का नसकिएकाले निर्माण अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ । पहिले रेखाङ्कन गरिएअनुसार काम गर्दा पछि सडक डुब्ने भएकाले कसरी निर्माण अगाडि बढाउने भन्ने निर्णय गरेर मात्रै काम अघि बढाइने मध्यपहाडी (पुष्पलाल राजमार्ग आयोजना निर्देशनालय) का सूचना अधिकारी सुरजहरि अधिकारीले बताए ।

उनका अनुसार उक्त विषयमा सरोकारवालासँग पटक–पटक छलफल भइरहे पनि निर्णय भने हुनसकेको छैन ।बीचको खण्डलाई छाडेर दुवैतर्फबाट सडक निर्माण भइसकेको सूचना अधिकारी अधिकारीले बताए । उनले भने, “आयोजना खप्टिएका ठाउँमा मात्रै निर्माण गर्न बाँकी छ । एलाइनमेन्ट परिवर्तन गर्ने कुरा भएको छैन ।” रामेछापको विभिन्न खण्डमा पहिले ग्राभेलको ठेक्का लगाइएको थियो । ग्राभेलको ठेक्का नसकिएकाले नयाँ ठेक्का लगाउन नमिलेको उनले बताए ।

बूढीगण्डकी जलाशययुक्त आयोजनाअन्र्गत ३३ किमी काम रोकिएको छ । अहिलेको रेखाङ्कनबाट सडक निर्माण गर्दा पछि डुब्ने ठाउँ भएकाले निर्माण अगाडि बढाउन नसकिएको सूचना अधिकारी अधिकारीले बताए । उनका अनुसार ठेक्कामा जान दुईरतीन पुल मात्रै बाँकी छन् । बाँकी रहेका पुलको पनि विभागमा डिजाइन स्वीकृतिको क्रममा छन् ।

निर्माणाधीन २३ पुलको काम अगाडि बढाउनुपर्ने सूचना अधिकारी अधिकारीको भनाइ थियो । आगामी आवको बजेटमा मध्यपहाडी राजमार्गअन्र्तगत पाँचथर, नुवाकोट, पर्वत, बागलुङ, जाजरकोटलगायत १२ खण्डको निर्माण तथा स्तरोन्नतिका लागि रू तीन अर्ब ४९ करोड छुट्ट्याउने निर्णय भएको उनले जानकारी दिए ।

विभिन्न खण्डमा स्तरोन्नतिको काम भइरहेको र आगामी आवमा त्यसले निरन्तरता पाउने सूचना अधिकारी अधिकारीले बताए । “हाल चार सय किमीभन्दा बढी ठेक्का निर्माणाधीन अवस्थामा छन्”, उनले भने “अहिले सञ्चालनमा रहेका सबै ठेक्का कालोपत्रको क्रममा छन् ।”

अधिकारीका अनुसार उक्त आयोजनाअन्तर्गत राजमार्गमा जग्गा प्राप्तिको समस्या आइरहेको छ । जग्गाका लागि रकम दिनसक्ने अवस्था नभएकाले ठाउँठाउँमा जग्गा प्राप्तिमा समस्या भइरहेको उनले बताए । “राष्ट्रिय राजमार्गकोे अधिकार क्षेत्र २५र२५ मिटर भए पनि अहिलेका लागि १५ मिटर भनिएको छ । कानुनी रुपमा २५ भए पनि व्यवहारिक रुपमा १५ मिटरमा काम भइरहेको छ”, उनले भने, “त्यही मापदण्डानुसार जग्गा पाउन समस्या भइरहेको छ ।”

सडकको चौडाइका लागि जग्गा १० मिटरदेखि १५ मिटरसम्म जग्गा लिएको आयोजनाले जनाएको छ । अधिकारीले भने, “अहिले पनि कतिपय ठाउँमा विवाद छ । गोरखामा विवाद छ ।” आव २०७७र७८ को सरकारको नीति तथा कार्यक्रमका अनुसार आव २०७९र८० सम्म निर्माण सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । उक्त अवधि अनुसार असारमसान्तमा समय सकिन्छ । हाल आयोजना सम्पन्न गर्नका लागि आव २०८४ र ८५ प्रस्ताव गरिएको छ ।

केही वर्षयता वर्सेनि झण्डै डेढसय दुई सय किमी सडक कालोपत्र भइरहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए। उनका अनुसार आयोजनाको सुरुको विन्दु पाँचथरको चियोभञ्ज्याङ र अन्तिम विन्दु बैतडीको झुलाघाट हो । उक्त राजमार्ग निर्माण आव २०६४र६५ देखि सुरु गरिएको थियो ।

सरकारले आव २०६९ र ७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको थियो । राजमार्गको कूल लम्बाइमध्ये एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालन भइसकेको थियो । उक्त खण्डमा पुरानो सडक छन् भने अन्यन्त्र नयाँ ट्र्याक खुलेका छन् ।

आयोजनाले हालसम्म एक हजार तीन सय ४६ किमी कालोपत्र भएको जनाएको छ भने ९९ पुल निर्माण सम्पन्न भएका छन् । मध्यपहाडका २६ जिल्लाका दुई सय १५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्ग सम्पन्न हुँदा मध्यपहाडमा बसोबास गर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist