काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आइतबार जिम्बाब्वेको हरारेमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भएको छ । नेपाल ८ विकेटले पराजित भएको हो ।
जिम्बाब्वेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २९० रन बनाएको थियो। नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले ४४ ओभर १ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।
उसका लागि कप्तानर क्रेग इरभनले अविजित १२१ रन बनाए । त्यसैगरी, सेन विलियम्सले १०२ रनको बनाए। विस्ली माधिवेरीले ३२ र जोयलर्ड गुम्बिले २५ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान एक/एक विकेट लिएका थिए । पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१ बनाएका थिए ।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार, विलिङ्टन मासाकाट्जाले दुई तथा ब्लेसिङ मुजवानी र टेन्डी चताराले समान एक–एक विकेट लिएका थिए ।