ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

स्थानीय सरकारका प्रमुख नै लुज फोरमको नेतृत्व गर्नु असुहाउँदो भएको सरोकारवालाको भनाई

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ९ गते, १७:३३ बजे
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, ९ भदौ । सुनसरी सदरमुकाम इनरुवमा रहेको इनरुवा अस्पतालको वेथिति सुधार गर्नका लागि गरेको समिति गठन असुहाउदो किसिमको भएको छ ।
इनरुवा अस्पतालको समस्या अध्ययन तथा सुधारका लागि सुझाब सिफारिस गर्न इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको संयोजकत्वमा गरेको समिति गठन असुहाउदो भएको स्थानीय सरोकारवालाले बताएका हुन् ।
लामो समय देखी इनरुवा अस्पताल सुधारका लागि संघर्ष गर्दै आएका इनरुवा अस्पताल सुधार संघर्ष समितिले आयोजना गरेका कार्यक्रमबाटै असुहाउदो किसिमले इनरुवा नगरपालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको छ । इनरुवा अस्पताल व्यवस्थापन समितिको सदस्य समेत रहेका नगरप्रमुख मेहताले इनरुवा अस्पतालको सुधारका लागि आफै लाग्नुपर्नेमा उल्टै दवाव समुहको नेतृत्व गर्ने कार्य असुहाउदो तरिकारले गरेको सरोकारवालाले बताएका छन् ।
इनरुवा अस्पताल सुधार संघर्ष समितिले लामो समय देखि अस्पतालमा भएको खर्च सार्वजानिक गर्नुपर्ने, अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट दशौं तहको भन्दा माथिको डाक्टर हुनुपर्ने, डाक्टरको व्यवस्था गरी सेवा प्रभावकारी रुपमा २४ घण्टा संचालन हुनुपर्ने, दरबन्दी अनुसारको कर्मचारी व्यवस्था गर्नुपर्ने, ल्याब सेवा २४ घण्टा संचालन हुनुपर्ने, दरबन्दी अनुसारको एम.डी. र एम.बि.बि.एस.डाक्टरको व्यवस्था हुनुपर्ने, ब्लड बैंक सुरुवात गर्नुपर्ने, कर्मचारी समयमा अस्पताल आउने र जाने नियम बनाउनुपर्ने, अस्पतालको नियमित रुपमा सामाजिक लेखा परिक्षण हुनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था हुनुपर्ने लगायतको २५ बुदे मांग सहित अस्पताल व्यवस्थापन समिति, इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, समाजिक विकास मन्त्रालय र प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईलाई समेत ज्ञापन पत्र बुझाएका थिए ।
अस्पताल सुधारका लागि संघर्ष समितिले अघि सारेका २५ बुद्धे मांग सम्वोधन भएमा अस्पतालको सेवामा प्रभावकारीता आउने निश्चित भएको अवस्थामा फेरी समस्या अध्ययन तथा सुझाव सिफारिश समिति गठन गर्न नै आवश्यक नभएको सरोकारवालाले बताएका छन् ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको संयोकत्वमा गठन गरिएको इनरुवा अस्पतालको समस्या अध्ययन तथ सुझाव सिफारिश समितिको बैधता के हो ? त्यस समितिले सुझाव सिफारिश कसलाई गर्छ ?, सिफारिश गरिएका सुझावको कार्यान्वय कसले गर्ने हो ? यस्ता प्रश्न उठन थालेका छन् । आफै धामी आफै झार्की भने जस्तै आफै स्थानीय सरकारका प्रमुख र आफै इनरुवा अस्पताल व्यवस्थापन समितिका सदस्य हुने नगर प्रमुख मेहताले अस्पतालका समस्या समाधानका लागि व्यवस्थापन समितिले प्रभावकारी काम नगर्ने र फेरी आफै दवाव समुहको नेतृत्व भुमिका प्रति नगरवासीले प्रश्न समेत उठाएका छन् ।
प्रमुख मेहताको यस्तो भुमिका हास्यास्पद भएको भएको नागरिक समाजका अगुवाले बताएका छन् । इनरुवा नगरपालिकाका प्रमुख मेहता आफै इनरुवा अस्पताल व्यवस्थापन समिति सदस्य रहेकाले इनरुवा अस्पतालको समस्या समाधान गर्ने जिम्मेवारी स्वयंम प्रमुखको भएको भन्दै आफै समस्या समाधान गर्नुपर्नेमा दवाव समूहको संयोजक बन्ने कार्य गैरजिम्मेवारीपना भएको इनरुवा अस्पताल व्यवस्थापन समितका सदस्य रामप्रसाद मेहताले बताउनुभयो ।
प्रदेश नम्वर १ जनस्वास्थ्य ऐन २०७७ को दफा (३१) मा अस्पताल व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धी व्यवस्थाको (ख) मा सम्वन्धीत स्थानीय तहको प्रमुख सदस्य रहने व्यवस्था छ । तर स्थानीय निकायका प्रमुखले त्यस तर्फ ध्यान केन्द्रित गर्नुको सट्टा उल्टै सुझाव संकलन गर्नका लागि गठन गरिएको समितिमा बस्नु चुनावका बेलामा भोट बटुल्ने माध्यमको रुपमा लिएको अस्पताल विकास समितिका सदस्य मेहताले बताउनुभयो ।
आफै स्थानीय सरकार प्रमुख र इनरुवा अस्पताल व्यवस्थापन समिति सदस्य समेत भएको अवस्थामा समस्या समाधान गर्नुको साटो दवाव समुहको नेतृत्व गर्ने कार्य असुहाउदो भएको नगारिक समाजका अगुवा पुरुषोतम घिमिरेले बताउनुभयो । अस्पताल सुधार गर्नु सकारात्मक कुरा भएपनि आफै दबाव समुहमा बस्नु गैरकानुनी भएको उहाँको भनाइ छ ।
इनरुवा अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहनुभएका स्थानीय सरकारका प्रमुख नै लुज फोरमको नेतृत्व गर्नु गैरकानुनी भएको कानुन व्यवसायी कृष्णप्रसाद दाहालले बताउनुभयो । अस्पताल सुधार गर्नका लागि सबै एकजुट हुनु स्वभाबीक भएपनि स्थानीय निकायको प्रमुख नै संघर्ष समितिले गठन गरेको समितिमा बस्नु गैरकानुनी तथा अमिल्दो भएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय निकायको निर्वाचन नजिएकाका बेलामा आउने निर्वाचनमा फेरि आफनो पकड कायम राख्नका लागि यस्तो किसिमको कदम अगाडि बढाएको हुनसक्ने अस्पताल विकास समितिका सदस्य मेहताको भनाई रहेको छ ।
इनरुवा अस्पतलबाट आम नागरिकले प्रभावकारी सेवा सुविधा पाउने अवस्था बनाउन, अकालमा हुने मृत्यूबाट बच्नाउन, महंगो आर्थिक भारबाट इनरुवावासीलाई जोगाउनुका साथै उपचारका लागि अन्यत्र जान नपर्ने बतावरण बनाउन आवश्यक भएपनि आफै जिम्मेवार पद र भुमिकामा भएका व्यक्तिले जिम्मेवारी पुरागर्ने हो की ? बैधता नभएको समितिमा बसेर सुझाव सकलन गर्ने ? भने सवत्र प्रश्न उठेको छ । त्यसैले सुधार समितिले गठन गरेको समितिमा बस्नु भन्दा अस्पतालमा भएको समस्या तथा बेथितिको बिषयमा अस्पताल विकास समितिको बैठकमा छलफल गरेर समाधान गर्नका लागि स्थानीयले माग गरेका छन् ।–––

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist