Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ४ गते, १७:३९ बजे
बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । बाढीपहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन् ।

असार सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको र त्यसको पूर्व तयारीमा सरकार गम्भीर नदेखिएको महराले टिप्पणी गरेका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सो कुरा बताएका हुन् ।

शनिबार यता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभा एक जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना छ । सरकारले पीडितको उद्धार तथा राहतमा ध्यान देओस्”, उनले भने। शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङमा पनि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको घटनाले सवैलाई दुखी बनाएको उनको भनाइ छ ।

नेपाली कांग्रेस गठबन्धनको ठूलो दल हो । सरकारको सफलता र असफलतासँग कांग्रेसको पनि सफलता र असफलता जोडिन्छ । त्यसैले, जनताको हितमा काम गर्न तदारुप्ता देखाउन म सरकारसँगै कांग्रेसका मन्त्रीहरूलाई पनि आग्रह गर्छुु, उनी भन्छन् । दैविक प्रकोपबाट हुने क्षति रोक्न कांग्रेसले केही गरिदेओस् भन्ने जनचाहना रहेको बताउँदै नेता महरले त्यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए ।

दैविक विपत्ति कतिखेर आउँछ भन्ने थाहा नहुने भएकाले जनतालाई राहत प्रदान गर्नुका साथै उद्धारका लागि सरकार तयारी अवस्थामा रहनु पर्ने उनले औंल्याए । ठूलो धनजनको क्षति हुँदा पनि सरकारको राहत तथा उद्धार सं‌यन्त्र समयमै पुग्न नसक्ने अवस्था देखिन नहुने उनको भनाइ छ ।

अहिले त असार सुरुमात्रै भएको छ । पानी नै परेको छैन । सामान्य पानी पर्दा नै यत्रो विपत्ति आइसकेकाले यसबाट सरकारले पाठ सिकेर उच्च सतर्कता अपनाउनुपर्छु, महरले भने। यसका साथै दैविक विपत्तिमा परेका परिवारलाई स्थानीय र प्रदेश सरकारले पनि उचित राहत प्रदान गर्नुपर्ने र कांग्रेस पार्टीको सम्पुर्ण तागत राहत उद्धार कार्यमा लगाउन समेत अनुरोध गर्दछु महरको भनाई थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist