Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विपद्जन्य घटनामा हालसम्म १० को मृत्यु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ५ गते, १६:०८ बजे
17
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ: यस वर्षको मनसुन सुरु भएपछि भएका विपद् घटनामा परी १० जनाको मृत्यु भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र अन्य समयमा उठेक प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनामा परी छ घाइते र २६ बेपत्ता भएको बताए । साथै ५४ घर पूर्णरुपमा क्षति भएको र थप विवरण आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

“जेठ ३१ गतेबाट नेपालमा प्रवेश गरेको मनसुन प्रणालीको बढी असर देशको पूर्वी भू–भागमा परेको छ । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा बढी विपद्जन्य घटना भएका छन्”, गृहमन्त्री श्रेष्ठले बताए ।उनले विपद्का घटनामा परी मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तीव्र बनाउने प्रतिबद्धता जनाएका छन ।

“असार ४ गते प्रधानमन्त्रीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रमा गयौँ । सङ्खुवासभाको तुम्लिङ्टारबाहेक अन्य स्थानमा मौसम अनुकुल हुँदा हेलिकोप्टर जान सक्ने अवस्था भएन”, उनले भने, “तुम्लिङ्टारबाट घटनाबारे विभिन्न जिल्लाका प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग जानकारी लिइ आवश्यक निर्देशनस समेत दिएर काठमाडौँ फर्किएका छौँ ।”उनले विपद् प्रभावित उल्लेखित जिल्लामा जिल्ला सुरक्षा समिति, जिल्ला व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, स्थानीय जनसमुदाय र सञ्चारकर्मीको संलग्नतामा खोज तथा उद्धार जारी रहेको जानकारी दिएका छन।
उनले अविरल वर्षाका कारण सङ्खुवासभाको चैनपुर नगरपालिका भएर बग्ने हेवा खोला र पिलुवाखोलामा आएको बाढीले खोला आसपासका बस्ती जोखिमामा परेको जानकारी दिए ।

“बाढीका कारण चैनपुर–४ दोभानेमा निर्माणाधीन सुपर हेवा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ । उक्त जलविद्युत् आयोजनामा काम गर्ने १८ जना कामदार र अन्य दुई स्थानका तीन जना गरी २१ जना बेपत्ता भएकामा तीन जानाको जीवितै उद्धार गरी उपचार भइरहेको र एक जनाको शव फेला परेको छ”। उनका अनुसार उक्त स्थानमा बाढीले सात वटा घर बगाएको र ११ घर उच्च जोखिममा परेका छन् ।

बाढीका कारण हेवा खोलामा रहेका दुई मोटरेबल पक्की पुल र दुई झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त र एउटा पक्की पुलमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । स्थानीय प्रशासनको नेतृत्वमा सुरक्षा निकाय, स्थानीय तह र सडक डिभिजनका प्राविधिकसहित यसको क्षति आँकलन र यातायात सुरु गर्ने सम्बन्धमा काम भइरहेको उनको भनाइ छ । थप विवरण आउने क्रममा रहेको उनले बताएका छन ।ताप्लेजुङमा बाढी पहिरोमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र एकजना घाइते भएका छन् ।

गृहमन्त्री श्रेष्ठका अनुसार सिदिङ्वा–६ मेहेलमा दुई वटा घरका चार जनालाई घरसहित बगाएकोमा एक जनाको शव प्राप्त भएको छ । साथै बेपत्ताको खोज तथा उद्धार जारी छ । सोही पालिकाको नाभिभञ्ज्याङ्मा २० घर पहिरोको जोखिममा रहेको र वडा नं ३ इलाबोटेका चार घरसमेत गरी जिल्लाका विभिन्न स्थानका १३ घर पूर्णरुपमा क्षति भएको उनले जानकारी दिनुए ।
सिदिङ्वा गाउँपालिका वडा नं ६ को अर्को स्थानमा पहिरोमा परी दुईको मृत्यु र एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी हेलिकप्टरमार्फत उपचारका लागि बिराटनगर पठाइएको गृहमन्त्री श्रेष्ठले बताए।

ताप्लेजुङका विभिन्न स्थानमा पाँच वटा झोलुङ्गे पुल र एउटा पक्की पुलमा क्षति भएको छ । पहिरोको उच्च जोखिममा रहेको ३९ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र जिल्लाबाट क्षतिको विवरण आउने क्रम जारी छ । पाँचथरमा पहिरोबाट हालसम्म तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते र तीन बेपत्ता भएका छन् । मेची राजमार्गको हेवा खोलास्थित पुल बगाउँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । फिदिम वडा ४ तमोर करिडोर सडकखण्ड र फिदिम–४ हिलियाङको बेलिब्रिज बगाउँदा पूर्णरुपमा अवरुद्ध । सो आसपासमा ६ पक्की पुल, सात वटा झोलुङ्गे पुल र एउटा ट्रस पुलमा क्षति पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा ३४ घर पूर्णरुपमा र २७ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन् । उक्त स्थानबाट एक सय २० जनालाई स्थानीयलाई स्थानान्तरण गरिएको छ । रैराङ, माउन्टेन ‘ए’ र माउन्टेन ‘बी’ गरी तीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विवरण आउन बाँकी छ । तनहुँ जिल्लाको मुग्लिङ–पोखरा सडकखण्डमा निर्माण गरिरहेको अवस्थामा पहिरो खस्दा तीन जना कामदार पुरिएको प्रहरीले उद्धार गरी एक जनाको दमौलीमा उपचार भइरहेको र दुई जना कामदारको मृत्यु भएको उनले जानकारी दिए ।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको, सडक विभागको समन्वयमा मुख्य सडकमार्गमा बेलिब्रिज सञ्चालनका लागि यसको आँकलन तथा स्थापना गर्न र मुख्य तथा सहायक राजमार्गमा अवरुद्ध हुनासाथ तत्काल सडक डिभिजन कार्यालयका प्राविधिक र सुरक्षाकर्मी परिचालन गरी केही घण्टाभित्र अवरुद्ध सडक खुलाउन कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

गत जेठ १९ उपप्रधानमन्त्री एवं गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय योजना २०८० जारी गरी सबै सङ्घीय निकाय र सरोकारवाला निकायको भूमिका निर्धारण गरी समन्वयात्मक परिचालनको व्यवस्था गरिएको उनको भनाइ छ । साथै गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधि, सडक, सिँचाइ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रिाधिकरणका प्रतिनिधिरहेको कमाण्ड पोष्ट गठन गरी काम भइरहेको उनले बताए।

“विपद्पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड, २०७७ अनुसार मृतक परिवारमा एक जनाको मृत्यु भएका रु दुई लाख र सोही परिवारको थप अन्य कसैको मृत्यु भएमा प्रतिव्यक्ति थप रु एक लाखका दरले थपराहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ”, उनले भने ।साथै घरबास क्षति भएकालाई सरकारले तत्काल जीवन गुजाराका लागि प्रतिपरिवार रु १५ देखि २० हजार उपलब्ध गराइएको बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist