ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

काभ्रेपलाञ्चोकमा सुरुङमार्गको सम्भाव्यता अध्ययन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ५ गते, १९:१४ बजे
काभ्रेपलाञ्चोकमा सुरुङमार्गको सम्भाव्यता अध्ययन
18
SHARES
Share on FacebookShare on Twitter

काभ्रे । काठमाडौँ उपत्यकाको ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटबाट ‘चार भञ्ज्याङ, चार सुरुङ मार्ग’ कार्यक्रमअन्र्तगत दुई सुरुङ मार्गको अध्ययन थालिएको हो ।

ललितपुरको गोदावरी तथा काभ्रेपलाञ्चोकको पनौती (मानेदोभान) सडक खण्डमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । यसका लागि अध्ययनको मस्यौदा प्रतिवेदन तयार भएको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्र ललितपुरले जनाएको छ ।

सरकारको चालु आवको योजनाअन्तर्गत गोदावरी–पनौती सुरुङमार्ग पनि एक हो । अध्ययनले उक्त सडक खण्डमा सुरुङमार्ग बनाउन उपयुक्त हुने देखिएको जनाएको छ ।

केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर दीप बाराहीका अनुसार गोदावरी–पनौती (मानेदोभान) सडक खण्डमा तीन दशमलव छ किलोमिटर दूरीको सुरुङ मार्ग बनाउन सकने प्रारिम्भक मस्यौदा कार्यालयमा पेस गरिएको छ । कार्यालयले थप अध्ययनको चरणमा रहेको जनाएको छ । चालु आवको रु १० लाखमा उक्त अध्ययन थालिएको थियो ।

यस्तै अरनिको राजमार्गलाई छोटो दूरी बनाउन परिकल्पना गरिएको भक्तपुरको ताथली तथा काभ्रेपलाञ्चोकको रविओपी हुँदै पाँच खालसम्मको सुरुङमार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययनको काम सुरु हुने जनाइएको छ ।

केन्द्रका इञ्जिनियर सोनी श्रेष्ठका अनुसार ताथली–रविओपी–पाँचखाल सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि कन्सलटेन्ट छनोट भएको छ भने थप प्रक्रिया अघि बढाइने भएको हो । ताथली–रविओपी सुरुङमार्ग भने करिब चार दशमलव नौ किलोमिटरको हुने अनुमान गरिएको छ ।

ताथली–रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चालु आवमा रु ५० लाख बजेट विनियोजन गरिएको थियो । उक्त सुरुङमार्ग निर्माण भएमा अरनिको राजमार्ग हुँदै छिमेकी चीनको सीमा जोड्न करिब ३५ किलोमिटर सडक छोटिने छ ।

सरकारले चालु आवका लागि २०७९ जेठ १५ गतेको बजेट भाषणमा काठमाडौँ उपत्यकाको भञ्ज्याङतर्फ छोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माण सम्भाव्यता अध्ययन गर्ने तथा सुरुङमार्ग विकास कार्यक्रमका लागि एक अर्ब १९ करोड रकम विनियोजन गरिएको उल्लेख गरेको थियो ।

अरनिको राजमार्गअन्र्तगत प्रस्ताव गरिएको साँगा–बनेपा सुरुङमार्गको विषय भने चालु आवको करिब अन्त्यसम्म उठान गरिएको छैन । जहाँ हाल छ लेनको सडक निर्माण सुरु गरिएको छ ।

यसैबीच धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले जिल्लाको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाको ४ नं वडास्थित सेतीभीरको सुक्खा पहिरोलाई छलेर सुरुङमार्ग निर्माण गर्ने गरी डिजाइनको काम भइरहेको जनाइएको छ ।

वडा नं २ को दुर्लुङखोला–बाइस सय ढुङ्गा हुँदै वडा नं १ को च्याम्राङबेँसी चौतारासम्म सुरुङमार्ग निर्माण गर्ने गरी अध्ययन गरिएको विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा श्यामसुन्दर खड्काले बताए ।

उनका अनुसार उक्त सुरुङ मार्गको प्रारिम्भक अध्ययन गर्ने क्रममा करिब एक हजार तीन सय मिटर र एक हजार २५० मिटर लम्बाइको दुई मार्गको डिजाइन तयार भइरहेको हो । उनले अध्ययनको अन्तिम प्रतिवेदन बनाउने क्रममा आठ मिटर चौडाइ वा राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार ११ मिटर चौडाइको बनाउने भन्नेबारे छलफल भइरहेको बताए ।

यस्तै केयूले पछिल्लो समय विश्वविद्यालय परिसरमा सडक सुरुङ मार्ग निर्माणको काम गरिरहेको छ । विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि विश्वविद्यालय परिसरमा निर्माण सुरु गरेको सुरुङ मार्गका प्रवेशद्वारतर्फ र आउट लेट (बाहिर निस्कने) ठाउँतर्फ सुरुङ निर्माण भइरहेको विश्वविद्यालयका सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा खड्काले बताए । उनले विश्वविद्यालयको आफ्नै केही रकम र केही परियोजनाको सहायताबाट सुरुङ निर्माणको काम भइरहेको जानकारी दिए ।

खड्काले भन्नुभयो, “केयू परिसरमा निर्माण भइरहेको सुरुङमार्ग विश्वविद्यालयका विद्यार्थी तथा अन्यलाई नेपालको मध्यपहाडी तथा विभिन्न स्थानमा त्यहाँको भू–बनोट अनुसार कसरी र कस्तो सुरुङ मार्ग बनाउन सकिन्छ भनेर अध्ययन गर्ने स्थलका रूपमा यो सुरुङमार्ग रहने अपेक्षा गरेका छौँ ।” विश्वविद्यालयमा एक जनाले विद्यावारिधि तह र पाँच जनाले स्नातकोत्तर तहमा सुरुङ मार्गमा नै अध्ययन गरिरहेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist