पाँचथर । पाँचथरमा पोखरीमा डुवेर १९ वर्षीय किशोरको मृत्यू भएको छ । मृत्यु हुनेमा याङवरक ५ कुवापानीका धनबहादुर काम्बाङका छोरा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सुमन बुधबार दिउसो साथीहरुसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरीमा पौडि खेल्ने क्रममा पैडीन नजान्दा डुबेर मृत्यु भएको बताइएको छ ।उनको शव बिहीबार बिहानै पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।







